पोखरा, कात्तिक २१ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले कूटनीतिक तवरबाट भारतले निकालेको नक्साका विषयमा छिट्टै वार्ता हुने बताएका छन् । भारतको हेपाह प्रवृत्तिविरुद्ध ‘एक्सन’मा जाने चेतावनी दिएका छन् ।
बिहीबार पोखरामा सन्चारकर्मीहरुसित कुरा गर्दै उनले भारतले जारी गरेको नयाँ राजनीतिक नक्साकाबारेमा सरकार विज्ञप्तिमामात्रै सीमित नभइ एक्सनमै जाने जिकिर गरे । राष्ट्रियताको मामिलामा विज्ञप्ति निकालेरमात्र नभइ प्रक्रिया र्पुयाएर सहमति हुने उनले बताए ।
‘कहीँ–कतै हामी कम्प्रमाइज गर्ने या त्यसप्रति नरम हुने या लचिलो हुने भन्ने सवालै पैदा हुनसक्दैन’–उनको भनाइ छ ।
उनले आफू प्रधानमन्त्री भएका बेला भारत भ्रमणमा रहँदा नै चीन र भारतले लिपुलेकाबारेमा गरेको सहमतिको आफूले विरोध गरेको उल्लेख गरे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline