देउवा र भारतीय राजदूतको फोनवार्तापछि काग्रेसको तीन बुदे विज्ञप्ति, भारतको अतिक्रमण अस्वीकार्य

देउवा र भारतीय राजदूतको फोनवार्तापछि काग्रेसको तीन बुदे विज्ञप्ति, भारतको अतिक्रमण अस्वीकार्य

  • बिहिबार, कार्तिक २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडौं, २१ कार्तिक ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नेपाली भूमिमाथि भएको कुनैपनि अतिक्रमण अस्वीकार्य रहेको जनाएको छ ।

कालापानी र लिपुलेकका सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्र्दै कांग्रेसले कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्यमा नेपाली कांग्रेस प्रष्ट रहेको र कुनैपनि भूमिमाथि हुने कुनैपनि ढंगको अतिक्रमण हाम्रा लागि अस्वीकार्य रहेको जनाएको हा । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेसको धारणा सार्वजनिक गरेका छन्।

’कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्यमा नेपाली कांग्रेस प्रष्ट छ र हाम्रा कुनैपनि भूमिमाथि हुने कुनैपनि ढंगको अतिक्रमण हाम्रा लागि अस्वीकार्य छ’, विज्ञप्तिमा भनिएको छ।

त्यस्तै पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार भारतीय राजदूत मंजिवसिंह पुरीलाई टेलिफोनमार्फत् कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको स्मरण गराएको समेत उक्त विज्ञप्तिमा उल्लेख छ।

यी हुन् कांग्रेस विज्ञप्तिका तीन बुँदा

(१) भारत सरकारले हालै सार्वजनिक गरेको नक्साका सन्दर्भमा सोही दिनै पार्टी प्रवक्ताको ट्विटमार्फत् तत्कालै हाम्रो औपचारिक धारणा सार्वजनिक गरिएको सर्व्विदितै छ। कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्यमा नेपाली कांग्रेस प्रष्ट छ र हाम्रा कुनैपनि भूमिमाथि हुने कुनैपनि ढंगको अतिक्रमण हाम्रा लागि अस्वीकार्य छ।
(२) सभापति श्री शेरबहादुर देउवाले आज नेपालका लागि भारतीय राजदुत मंजिव सिंह पुरीसँग यसबारेमा टेलिफोन संवाद गर्नुभएको छ। नक्साप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै उहाँले कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्य स्मरण गराउनु भएको छ।
(३) यस्तो महत्वपूर्ण प्रश्नमा दल विशेषको मत भन्दामाथि उठेर देशको साझा मत एवं त्यस्तो मतको प्रतिनिधित्व गरेर कुटनैतिक माध्यमद्वारा हल खोज्न सरकार समर्थ हुनुपर्ने नेपाली कांग्रेसको दृष्टिकोण छ।

यसअघि  सभापति देउवाले बिहीबारै भारत सरकारले हालै सार्वजनिक गरेको नक्साका सन्दर्भमा नेपालका लागि भारतीय राजदूत मंजिभसिंह पुरीसँंग टेलिफोन संवाद गर्नुभएको थियो ।

संवादमा सभापति देउवाले नक्साप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेकोे तथ्य स्मरण गराउनुभएको काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । काङ्ग्रेसले विज्ञप्तिमार्फत कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेकोे तथ्यमा प्रष्ट रहेको उल्लेख गर्दै नेपालको कुनै पनि भूमिमाथि हुने कुनै पनि ढङ्गको अतिक्रमण अस्वीकार्य हुने जनाएको छ । भारत सरकारले हालै सार्वजनिक गरेको नक्साका सन्दर्भमा सोही दिनै प्रवक्ता शर्माले ट्विटमार्फत पार्टीको औपचारिक धारणा सार्वजनिक गर्नुभएको थियो ।

यस्तो महत्वपूर्ण प्रश्नमा दल विशेषको मतभन्दा माथि उठेर देशको साझा मत एवं त्यस्तो मतको प्रतिनिधित्व गरेर कूटनीतिक माध्यमद्वारा हल खोज्न सरकार समर्थ हुनुपर्ने काङ्ग्रेसको दृष्टिकोण रहेको उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ