सरकारको कदमप्रति निर्वाचन आयोगको असन्तुष्टि

सरकारको कदमप्रति निर्वाचन आयोगको असन्तुष्टि

  • बुधबार, कार्तिक २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौँ, २० कात्तिक । निर्वाचन आयोगले सरकारले मन्त्रिमण्डलको पुनर्गठन र नयाँ प्रदेश प्रमुख नियुक्त गर्न सक्ने वा नसक्ने भन्ने विषय निर्वाचन आचारसंहिताको कुनै पनि बुँदामा उल्लेख नभएको स्पष्ट गरेको छ ।

उपनिर्वाचनको तयारीबारे जानकारी दिन आज आयोजित पत्रकार भेटघाटमा निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले आचारसंहिताको कुनै पनि बँुदामा सरकारले प्रदेश प्रमुख र मन्त्रिपरिषद् पुनर्गठन गर्न नसक्ने भन्ने कुरा छैन, आचारसंहिता पालना गर्ने नैतिक प्रश्नसँग जोडिएको विषय हो । “सरकार, सम्पूर्ण राजनीतिक दलका प्रमुख र प्रतिनिधि बसेर बनाएको निर्वाचन आचारसंहिता आयोगले स्वीकृत गरेर लागू गरेको उहाँले स्पष्ट गर्नुभयो ।

निर्वाचन आचारसंहिता लागू भइसकेपछि सरकारले पुराना प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ नि भन्ने सञ्चारकर्मीका जिज्ञासाका जवाफमा उहाँले भन्नुभयो, “यस विषयमा सरकारले आयोगको सहमति लिएको छैन, आयोग गम्भीर छ, हामीले गम्भीरतापूर्वक छलफल गरेका छौँ ।”

तर आयोगले उपनिर्वाचन आचारसंहिता लागू भएपछि प्रदेशप्रमुखको पदमुक्त र नियुक्ति गर्ने सरकारको कदमप्रति भने असन्तुष्टि जनाएको छ ।

पत्रकार सम्मेलनमा निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले प्रदेशप्रमुख पदमुक्त गर्ने र नयाँ नियुक्त गर्ने विषयमा सरकारले आयोगसँग कुनै परामर्श र सहमति नलिइएको बताउनु भयो ।

उहाँले सबै पक्षसँग छलफल गरेर आचारसंहिता जारी गरेको र आचारसंहिता नैतिक प्रश्नको विषय भएको भन्दै यसबारे आयोगमा कुनै उजुरी पनि नआएको जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ