मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

  • बुधबार, कार्तिक २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

भरतपुर, २० कात्तिक ।

मङ्सिर १४ गते हुने उपनिर्वाचनको लागि चितवन र काभ्रेपलाञ्चोकमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

काभ्रेको धुलिखेलमा बुधवार मुख्य निर्वाचन अधिकृत पुरुषोत्तम ढकालले मुख्य निर्वाचनको कार्यालय उद्घाटन गर्नुभयो । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं २ मा वडा अध्यक्षको लागि निर्वाचन हुँदैछ ।

उता चितवनमा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आज बिहान चितवन जिल्ला अदालत परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कार्यालयको नागरिक समाजका अध्यक्ष केदार मल्लले उद्घाटन गर्नुभयो ।

कार्यालय स्थापनासँगै निर्वाचनका गतिविधि शुरु भएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जानकारी दिनुभयो । उहाँले २७ गते मनोनयन दर्ता र मंसिर १ गते अन्तिम चुनाव चिन्ह वितरणको कार्यक्रम रहेको बताउनुभयो ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत हेमन्त रावल, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटी, नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियार, नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ललगायतको उपस्थिति रहेको थियो ।

यस्तै आज नै पूर्वी चितवनको खैरहनी नगरपालिकामा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । पुरानो नगरपालिकाको भवनमा निर्वाचन अधिकृत विद्याराज पौडेलले कार्यालयको उद्घाटन गर्नुभयो । चितवनमा भरतपुर महानगरपालिका –१६ खैरहनी नगरपालिका–४ र ५ को वडाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ