पूर्वमन्त्री आलमलाई जन्मकैदको माग गर्दै अदालतमा मुद्दा दायर

पूर्वमन्त्री आलमलाई जन्मकैदको माग गर्दै अदालतमा मुद्दा दायर

  • सोमवार, कार्तिक १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

रौतहट, कात्तिक १८ ।
नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्ध जन्मकैद माग गर्दै सोमवार मुद्दा दायर गरिएको छ । रौतहट सरकारी वकिल कार्यालयले जिल्ला अदालत रौतहटमा मुद्दा पेश गरेको हो । १२ वर्षअघि इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएको भन्ने आरोपमा आलममाथि मुद्दा चलाउने निर्णय गरिएको हो ।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन राजपुरमा भएको बम बिस्फोटमा जिउँदै मानिसलाई चिम्नी भट्टामा हालेर मारेको आरोपमा पक्राउ परेका आलम विरुद्ध प्रहरीले तीन साता अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा मिसिल बुझाएको थियो।

उनी माथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ भडारण सम्बन्धी अभियोगको मुद्दा दायर गरि अभियोग पत्र सहित मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख खडिन्द्रराज कटवालले बताउनु भयो ।

रौतहटका प्रमुख जिल्ला सरकारी वकिल खडिन्द्र कटुवालले आलमसहित १० जनालाई जन्मकैदको माग गर्दै अदालतमा मुद्दा लगिएको बताउनु भयो । एक जनालाई मतियारका रुपमा मुद्दा चलाइएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले २०६४ चैत २७ गते रौतहटको राजपुर ४ मा बम विस्फोट हुँदा केही मानिस मरेको र केही घाइते भएको प्रतिवेदन शुक्रबार सरकारी वकिललाई बुझाएको थियो ।

रौतहटको सरूअठ्ठाका ओसी अख्तर र त्रिलोक सिंह पिन्टु उक्त बम विष्फोटमा मारिएको तथा सर्लाहीका सफी अहम्मद समेत दुई जना घाइते भएको अनुसन्धानबाट पुष्टि भएको रौतहट प्रहरीले जनाएको छ ।

आलमविरुद्ध दुई जनाको हत्या गरेकोमा कर्तव्य ज्यान, अहम्मदलाई घाइते बनाएकोमा ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थको कारोबार र भण्डारण गरी विष्फोट गराएकोमा मुद्दा चलाउनुपर्ने प्रहरी प्रतिवेदन छ ।

प्रहरीले घटना गराइएका बेलाको मुलुकी ऐनअनुसार आलमलाई सर्वस्वसहित जन्मकैद हुनुपर्ने जिकिर प्रहरीले गरेको छ । १२ वर्षअघि पनि प्रहरीले आलमविरूद्ध ओसी अख्तर र पिन्टुको हत्या गरेको भन्दै सरकारी वकिलमा प्रतिवेदन लगे पनि सरकारी वकिल कार्यालय रौतहटले मुद्दा नचल्ने निर्णय गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ