काठमाडौँ , १८ कार्तिक । मन्त्रिपरिषद् बैठक सोमबार बस्दै छ । बैठक बिहान ११ बजेका लागि डाकिएको वन तथा वातवरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए ।आइतबार साँझका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको थियाे ।
यसअघि ५ बजेका लागि बोलाइएको बैठक त्यसलाई सारेर साढे ६ बजे पुर्याइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक पछाडि सारेर नेकपाको सचिवालय बैठक बोलाएका थिए । साँझ ५ बजेदेखि बसेको नेकपाको सचिवालय बैठक लम्बिएपछि मन्त्रिपरिषदको बैठक स्थगित भएको हो ।
मन्त्रिपरिषद्ले सातैवटा प्रदेशमा प्रमुखहरुको नियुक्ति गर्ने तयारी गरेको थियो । यसअघि आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline