काठमाडौैं, कात्तिक १७ ।
नेपाल राष्ट्र बैंकको बोर्ड बैठक आज बस्दै छ । बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई बर्खास्त गर्ने÷नगर्ने भन्ने विषयमा छलफल गर्न राष्ट्र बैंकको बोर्ड बैठक आज बस्न लागेको हो ।
श्रेष्ठलाई बर्खास्ती गर्ने प्रक्रिया मन्त्रिपरिषद्बाट नै अगाडि बढिसकेको भन्दै अर्थ मन्त्रालयले जानकारी गराएपछि गभर्नर डा. चिरञ्जीवी नेपालले आज सञ्चालक समित बैठक आह्वान गर्नु भएको हो ।
नेपाली कांग्रेसको कोटाबाट डेपुटी गभर्नर बनेका श्रेष्ठको काम–कारवाहीबाट अर्थमन्त्री डा. युवराज खतिवडा असन्तुष्ट रहनु भएको थियो । अर्थमन्त्रीको सन्देश डा. राजन खनाल मार्फत गभर्नर कार्यालयसम्म र्पुयाएको स्रोतले बताएको छ ।
डा. खनाल अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्ने राष्ट्र बैंक सञ्चालक समितिका सदस्य हुन् । स्रोतका अनुसार, डेपुटी गभर्नरमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धानमा असहयोग गरेको आरोप छ ।