सनराइज बैंकको १२औँ वार्षिक साधारणसभा सम्पन्न

सनराइज बैंकको १२औँ वार्षिक साधारणसभा सम्पन्न

  • शुक्रबार, कार्तिक १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

काठमाडाैं, १५ कार्तिक । 
सनराइज बैंक लिमिटेडको १२औँ वार्षिक साधारणसभा आज बैंकका सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न भएको छ ।

साधारणसभाले बैंकको हालको चुक्ता पूँजीकोे पाँच दशमलव आठ प्रतिशतका दरले हुने रु ४७ करोड २८ लाख ४८ हजार २३९ बराबरको नगद लाभांश वितरण र १० प्रतिशतका दरले हुने रु ८१ करोड ५२ लाख ५५ हजार ५८५ बराबरको बोनस शेयर वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।

विसं २०६४ असोज २५ मा स्थापना भई हाल चुक्ता पूँजी रु आठ अर्ब १५ करोड रहेकामा साधारणसभाबाट पारित बोनस शेयर समेत रु आठ अर्ब ९६ करोड ८१ लाख एक हजार ४३६ कायम भएको बैंकले जनाएको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यसहित बैकले १२२ शाखा, ३८ शाखारहित बैंकिङसेवा, आठ एक्सटेन्सन काउन्टर, १४३ एटिएममार्फत आफ्ना छ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ