उपनिर्वाचनका लागि उम्मेदवार तय गर्न सत्तारुढ नेकपाको बैठक शनिवार बस्दै, अध्यक्षद्वयबीच प्रधानमन्त्री निवासमा भेट

उपनिर्वाचनका लागि उम्मेदवार तय गर्न सत्तारुढ नेकपाको बैठक शनिवार बस्दै, अध्यक्षद्वयबीच प्रधानमन्त्री निवासमा भेट

  • शुक्रबार, कार्तिक १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौ, कार्तिक १५ ।
मंसिर १४ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गर्न सत्तारुढ नेकपाको सचिवालय बैठक भोली (शनिबार) विहान बोलाईएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रतिनिधिसभा, प्रदेशसभा र उपमहानगरपालिकाका उम्मेदवारबारे छलफल हुने महासचिव बिष्णु पौडेलले जानकारी दिनुभयो ।

आज बिहान दुवै अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच प्रधानमन्त्री निवासमा भएको छलफलपछि सचिवालय बैठक बोलाइएको हो । छलफलमा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्थाबारे प्रचण्डलाई जानकारी गराएका थिए । नेकपा स्रोतका अनुसार प्रधानमन्त्रीले आफूलाई अतिरिक्त कुनै समस्या नरहेको बताएका थिए ।

लामो समयदेखि नेकपा सचिवालय बैठक बस्न सकेको छैन । सचिवालय नबसेका कारण पार्टी एकीकरणका बाँकी कामसमेत थाति रहेका छन् ।
तर शनिबारको बैठकमा भने उम्मेदवार छनौटमै छलफल हुने स्रोतले जनाएको छ ।

नेकपाले प्रतिनिधिसभा, प्रदेशसभा र उपमहानगरपालिकाका मेयर उम्मेदवार केन्द्रबाट तय गर्ने तथा गाउँपालिका अध्यक्ष उपाध्यक्ष प्रदेश कमिटीले तय गर्ने मापदण्ड बनाएको छ । त्यस्तै वडाध्यक्षका उम्मेदवारका हकमा सम्बन्धित जिल्ला कमिटीले निर्णय गर्नेछन् ।

रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको कास्की(२ को प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराई,सोमना प्यासी र राजकाजी गुरुङको नाम सिफारिस भएको छ । सो क्षेत्रमा नेकपाले उनकी पत्नी विद्यालाई उम्मेदवार बनाउने लगभग निश्चित रहेको नेकपा स्रोत बताउछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ