इस्लामिक स्टेटका कमाण्डर अबू बकर बग़दादीको अमेरीका र विश्व राजनीतिमा केही बदलावहरु देखा परीरहेका छन् । आशा गरिदैछ कि यस अप्रेशन पछि उग्रवादीहरु केही कमजोर भएको छ र सिरीया जस्तायुद्धग्रस्त देशमा पनि सुधार आउने छ । यो पनि स्पष्ट छ कि अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने सन् २०२० को चुनावमा यस अप्रेसनको पूरा श्रेय लिने कोशिस गर्नेछन् ।
प्रोफेसर मुक्तदरको तर्क
विविसी सवाददाता दिलनवाज पाशासगँ कुरा गर्दै अमेरीकाका डेलावयर विश्व विद्यालयका प्रोफेसर मुक्तदर खानले यो भाग्यशाली कुरा भयो कि अमेरीकाले केही हप्ता पहिले बगदादीको लोकेसन प्राप्त गर्यो । यस अघि पनि बगदादी ईराकबाट सिरीयाको ईदविल आसपास पुगेको खबर आएकै थियो । यसैले बगदादीको मृत्युले अमेरीका र डोनाल्ड ट्रम्प दुवै पक्षलाई राजनीतिक र रणनीतिक फाईदा पुगेको छ ।
अमेरीकामा पछिल्लो समय ट्रम्पको सिरीयामा चालेका पछिल्ला नीति र कदमको आलोचना भईरहेको थियो । यो आलोचना न सिर्फ डेमोक्रयाट्सबाट भईरहेको थियो बरु रिपव्लिकन पार्टीबाट पनि भईरहेको थियो । सिरीयाबाट सेना फिर्ता गर्ने कुराको ट्रम्पकै नजिकका मानिसहरुले पनि आलोचना गरेका थिए । मलाई लाग्छ बगदादीको मृत्यु पछि दुवै पार्टी सकारात्मक हुनेछन् ।
दोस्रो कुरा यो हो कि ईस्लामिक स्टेटको नेता मारिनु खास गरी जुन अप्रेसनबाट उनी मारिए यसको असर उनीहरुलाई नयाँ लडाकु सामेल गर्ने र गतिविधि गर्ने र प्रचार प्रसारमा पनि असर पर्ने छ ।

आईएसका लागि अब सजिलो छैन
उत्तर पश्चिम सिरीयामा टर्कीको जारी हमलाका कारण ईस्लामिक स्टेटलाई निकै फाईदा पुग्दै थियो । यसका कैयौ लडाकु र परिवार रिहा हुदै गएका थिए किनकि कुर्द लडाकुले आफ्नो शक्ति टर्कीको सामना गर्न खर्च गर्नु परेको थियो । यस्तो स्थितिमा विशेषज्ञहरुले मानेका थिए कि अमेरीकाले सिरीयाबाट सैनिक हटाउने र सिरीयामा टर्कीको हमलाबट आईएसलाई आफ्नो जमिन जिउदो बनाउने मौका मिलेको थियो खास गरी सिरीयामा ।
यसका अतिरिक्त ईराकमा चलिरहेको प्रदर्शनका कारण सरकारको ध्यान आईएसबाट काफी हटीरहेको थियो । यस्तोमा पुनः आफ्नो पाउ पसार्ने मौका आईएसलाई थियो तर बगदादीको मृत्यु पछि अब सजिलो छैन ।
यो स्वीकार्न हिचकिचाउनु हुदैन कि ओसामा विन लादेन पछि बगदादी मारिनु आतंकवादको विरुद्ध एउटा ठूलो जीत हो । तर हामीले के बिर्सनु हुदैन भने लादेन मारिए पछि पनि न अलकायदा सकियो न आतंकवाद । यसै गरी बगदादी मारिदैमा आईएस पनि सकिदैन र आतंकवाद पनि ।
सिरीयाको स्थिति सुध्न्छि ?
अद्यापि टर्की सिरीयामा एउटा बफर जोन बनाउन चाहन्छ । एउटा त्यस्तो ईलाका जहाँ न कुर्द लडाकु हुनेछन् न त सिरीयाली सेना । दुई दिन अघि टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दोआनले शुक्रबारको नमाजपछि भनेका थिए कि यो ईलाका कुर्दको लागि ठीक छैन तर अरबहरुको लागि उचित छ । रिसेप चाहन्छन् सिरीयाको त्यो हिस्सा सिरीयन अरब मिलिसियाको हातमा रहोस् ।
तर अर्कोतिर सिरीयामा अहिले पनि रुसको धेरथोर प्रभाव छ । रुसको मद्धतमा बसर अल असद सो ईलाका पनि निन्त्रणमा पुनः लिन चाहन्छन् । अर्थात सिरीयाली ईलाका कब्जा गर्न अलग अलग देशको युद्ध छ जो अहिले सकिने वाला छैन । यसर्थ सिरीयामा अहिले तत्काल शान्ति हुदैन । तर यो पक्का हो कि सिरीयामा स्लामिक स्टेटको जुन तरीकाले पुनः स्थापित हुने कोशीस भईरहेको थियो त्यसमा ढिलाई र कठिनाई हुने छ किनकि अब बगदादी जस्तो नेतृत्व छैन । तर हामीले के याद राख्नु पर्छ भने सिरीयामा परिस्थिति निकै गतिशिल छ । प्रमाणको रुपमा हेर्ने हो भने एउटा यस्तो समय थियो जब अलकायदाको समुह नुसरा नामक मोर्चा थियो जो अप्रत्यक्ष रुपमा अमेरीकासगँ मिलेर आईएस विरुद्ध लडिरहेको थियो ।

एउटा यस्तो समय रह्यो जतिखेर अलकायदा र अमेरीका एकसाथ लडिरहेको थियो । यस्तोमा हैरानीको कुरा छैन कि ईस्लामिक स्टेटका लडाकु त्याहाँबाट हटेर दोस्रो समुहसगँ जोडिन्छन् । उनीहरु सिरीयाली सेनासगँ , वा सिरीयन अरब सेना जोसगँ पनि जोडिन सक्छन् । यहाँ उनीहरुका लागि आईएसबाहेक अरु विकल्प पनि छ । उनका लडाकुहरुलाई सुरक्षित भविष्य खोज्ने विकल्प पनि हुन सक्छ ।
बगदादीको मृत्यु ट्रम्पलाई राहत
बगदादीको मृत्यु ट्रम्पका लागि राहत भएको छ । यसले मध्यपूर्वमा अमेरीका एउटा शक्ति हो भन्ने कुरा उसले फेरी स्थापित गरेको छ । तर पनि यो नजरअन्दाज गर्न हुदैन कि यदी सिरीया र ईराकमा आफ्नो भविष्य कमजोर देखे भने आईएस लडाकुले दोस्रो स्थानमा जानेछन् । जस्तो सन् २०१८ मा केही अफ्रिका गए । कतिले अफ्गानिस्तानमा शरण लिए । अफ्रीका पुगेकाले बोको हराममा सामेल भए । यसैले आईएस टुट्यो भने पनि यसका लडाकुहरु अलग अलग समुहमा आवद्ध हुनेछन् । ट्रिनिनादको कुरा गर्ने हो भने त्याहाँ सयौंको संख्यामा लडाकुहरु तालिम लिन गएका थिए र अब उनीहरु फर्कनले वाला छन् । यो अर्को चिन्ताको बिषय हो ।

विविसीबाट