प्लाष्टिक फूलले खलङ्गा बजार भरिभराउ

प्लाष्टिक फूलले खलङ्गा बजार भरिभराउ

  • सोमवार, कार्तिक ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

नेपालीको महान् दोस्रो चाडपर्व तिहारका बेला जुम्लाका साना ठूला बजार कृतिम फूलले भरिभराउ छ । यहाँ उत्पादन हुने सयपत्री फूल कतै पनि देख्न पाइँदैन, स्थानीयबासी पनि कृतिम फूलकै भर पर्ने गरेका छन् । यहाँका बासिन्दा पहिले आफँै घरका खेतबारीको फूल तिहारमा घरायसी प्रयोगका लागि सयपत्री फूल रोप्ने गर्दथे तर कर्णाली राजमार्गले जुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि सबै कृतिम प्लाष्टिकका फूलको भर पर्ने गरेका हुन् ।

सदरमुकाम खलङ्गाका हरेक पसलमा प्लाष्टिकका माला बिक्रीका लागि राखिएका छन् । स्थानीयवासी सयपत्री फूलको साटो प्लाष्टिकका माला भित्रिन थालेपछि यहाँका बासिन्दामा परनिर्भरता बढेको हो ।तातोपानी गाउँपालिका–२ का मुनबहादुर डाँगीका अनुसार पछिल्ला तिहारमा सयपत्री फूलको माला भेटिन छाडेको छ । उहाँले भन्नुभयो, “पर्याप्तरुपमा फूल रोप्न सके जुम्ला फूलमा आत्मनिर्भर बन्ने सम्भावना निकै छ तर हरेक तिहारमा भित्रिने प्लाष्टिकका मालाका कारण फूलको खेती गर्न किसान निरुत्साहित भएका हुन् ।”

मौसममा आएको परिवर्तनका कारण फूल फूल्ने क्रममा पनि फेरवदल भएको छ । समयमै तुसारो पर्ने गरेकाले फूलेका फूल पनि सुक्दै जान थालेको छ । तिहारसम्म बारीमा देखिने फूल सुक्दै जान्छन्, उहाँले भन्नुभयो, फूलको रेखदेख र हेरचाह गर्न सके प्लाष्टिकका माला भित्र्याउनुपर्ने अवस्था छैन । वर्षेनी रु सातदेखि रू १० लाखसम्मको फूल जुम्लामा भित्रिने गरेको व्यवसायीहरू बताउँछन् ।

अहिले जुम्ला बजार प्लाष्टिकका फूलले रङ्गिएको र फूल किन्ने दिदीबहिनीको घुइँचो लाग्न थालेको छ । बजारमा प्लाष्टिकको माला न्यूनतम रु ४० देखि १५० सम्म किनबेच भइरहेको छ । यहाँ गुलाब, सयत्रपीलगायत सयौँ थरीका फूल छन् तर पनि दिदीबहिनी प्लाष्टिककै माला दाजुभाइलाई लगाइदिन उत्साहित हुन्छन् अर्का स्थानीयवासी मानबहादुर रावतले भन्नुभयोे, “दाजुभाइ पनि प्लाष्टिक माला लगाइदिँदा खुुशी महसुस गर्छन् । यो नै ठूलो समस्या हो । जिल्लाका एक नगरपालिकासहित सात गाउँपालिकामा फूलखेतीको सम्भावना छ तर फूलखेती गर्न किसान उत्साहित छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी