कुलेखानी तेस्रो जलविद्युत आयोजनाबाट उत्पादन परीक्षण सुरु

कुलेखानी तेस्रो जलविद्युत आयोजनाबाट उत्पादन परीक्षण सुरु

  • आइतवार, कार्तिक १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

हेटौंडा १० कार्तिक ।
मकवापुरको भिमफेदी गाउँपालिका वडा नं १ सानुटारमा निर्माण गरिएको कुलेखानी तेस्रो जलविद्युत आयोजनाबाट उत्पादन परीक्षण सुरु गरिएको छ । १४ मेगावाट क्षमिताको आयोजनामा उत्पादन परीक्षण सुरु गरिएको छ । असोजको पहिलो सातादेखि चिनियाँ प्राबिधिकहरुले विद्युतिय उपकरणहरु जडान गरेपछि परीक्षण थालिएको हो ।

कुलेखानी प्रथम जलविद्युत गृहबाट निस्किएको पानीलाई पुनः प्रयोग गरी १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो जलविद्युत आयोजना निर्माण गरिएको हो । ०६४ सालमा नेपाल सरकार र विद्युत प्राधिकरणको संयुक्त लगानी ४ अर्ब ४३ करोडको लागतमा ४ बर्षमा सम्पन्न गर्ने लक्ष लिएकोमा पिभिन्न कारण र समस्याले गर्दा निर्माण सम्पन्न हुन ढिला भएको थियो ।

निर्माण सम्पन्न नहुँदा लागत बढेर ४ अर्ब ६३ करोड पुगेको छ । नेपाल बिद्युत प्राधिकरण कुलेखानी तेस्रो जलविद्युत गृहका प्रमुख सुभाषकुमार मिश्रका अनुसार केही महिना परीक्षण हुने र त्यसपछि नियमित उत्पादन गरिने जानकारी दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ