कार्तिक १० ललितपुर । काग्रेसको भातृ संगठन तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले निर्मला पन्तको बलात्कार तथा हत्याका सन्दर्भमा गृहमन्त्री राम बहादुर थापाका छोरा प्रतीकको डिएनए परीक्षण गर्न माग गरेका छन् ।
तरुण दलको स्थापना दिवसका अवसरमा आज पार्टी मुख्यालय सानेपामा भएको चियापान समारोहमा बोल्दै बस्नेतले कन्चनपुरकी १३ वर्षे निर्मला पन्तको बलात्कार तथा हत्यामा प्रतीकको संलग्नताको कुरा आईरहेको भन्दै उनको डिएनए परीक्षण गर्नु पर्ने जिकिर गरेका हुन् ।
उनले गृहमन्त्रीलाई आग्रह गर्दै भने , गृहमन्त्री ज्यू , निर्मला पन्तको केसमा तपाईको छोराको नाम पनि जोडिएको छ । डिएनए परीक्षण गरी सत्य तथ्य जानकारी गराईयोस् ।
पार्टी सभापति शेर बहादुर देउवा सहित शीर्ष नेता सम्मिलित कार्यक्रममा उनले यो प्रश्न उठाएका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline