अबदेखि खाना पकाउने ग्यास भारतदेखि पाइपलाइनबाटै आउनेः निर्माण कार्यको शिलान्यास

अबदेखि खाना पकाउने ग्यास भारतदेखि पाइपलाइनबाटै आउनेः निर्माण कार्यको शिलान्यास

  • शनिबार, कार्तिक ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

बारा ९ कार्तिक ।
वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले शनिबार भारतबाट खाना पकाउने एलपी ग्यास ल्याउने पापलाइन निर्माण कार्यको शिलान्यास गर्नु भएको हो । बाराको अमलेखगञ्जसम्म इन्धन ल्याउन सफल भएको नेपाल आयल निगमले अब खाना पकाउने एलपी ग्यास पनि पाइपलाइन मार्फत नै ल्याउने भएको हो ।

अमलेखगञ्जमा रहेको नेपाल आयल निगमको प्रादेशिक कार्यालय अगाडि पिलर(स्तम्भ )गाडेर मन्त्री यादवले एलपी ग्यास तथा अमलेखगञ्जदेखि चितवनको लोथरसम्म इन्धन र खाना पकाउने ग्यास पाइपलाइन मार्फत लैजाने कार्यको शिलान्यास गर्नु भएको हो ।

सर्भे कार्य सकेर पाइपलाइन ओछयाउने बाटोमा शनिबारदेखि स्तम्भ गाड्ने कार्यको सुरुवात भएको अमलेखगञ्ज प्रादेशिक कार्यालयका प्रमुख प्रदीप यादवले बताउनु भयो। अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पाँच अर्ब ६७ करोडको लागतमा पाइपलाइन निर्माणको कार्य सम्पन्न हुने निगमले जनाएको छ ।

 

पाइपलाइन मार्फत दुइ सय ९० किलोलिटर प्रतिघन्टाको रफ्तारमा इन्धन प्रवाह हुने बताइएको छ । त्यसैगरी लोथरमा झण्डै चार अर्ब १९ करोड रुपैयाँको लागतमा भण्डार केन्द्र स्थापना गरिने निगमले जनाएको छ ।

खाना पकाउने एलपी ग्याँसका लागि भारतको रक्सौल सिमानादेखि चितवनको लोथरसम्म पाइपलाइन ओछयाउन झण्डै एघार अर्ब १९ करोड रुपैयाँ लाग्ने आयल निगम अमलेखगञ्जका प्रमुख यादवले बताउनु भयो ।

पाइपलाइन मार्फत झण्डै एक सय टन प्रतिघन्टाको रफ्तारमा एलपी ग्यास भारतबाट आउने छ । लोथरमा निर्माण हुने भण्डारण केन्द्रको क्षमता २० हजार मेट्रिक टन रहने निगमले जनाएको छ ।

नेपाल आयल निगम अमलेखगञ्जका प्रमुख यादवका अनुसार एलपी ग्यासका लागि पाइपलाइन ओछयाउने काम भारतको मोतिहारीदेखि रक्सौलसम्म भारतीय लगानीमा हुने छ भने नेपाल तर्फ नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेसनको संयुक्त लगानीमा हुनेछ । पहिलो चरणमा पिलर(स्तम्भ) गाड्ने काम गरिने र त्यसपछि पाइप ओछयाउने काम गरिने यादवले बताउनु भयो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ