घरायसी विवादका कारण श्रीमानको हत्या, श्रीमती पक्राउ

घरायसी विवादका कारण श्रीमानको हत्या, श्रीमती पक्राउ

  • शनिबार, कार्तिक ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले श्रीमानको हत्याको आरोपमा श्रीमतीलाई पक्राउ गरेको छ । जिल्लाको गौर नगरपालिका वाड नं। ५ कोइरीटोल बस्ने जरिना खातुनलाई श्रीमान हत्या गरेको आरोपमा बिहीबार रौतहट प्रहरीले पक्राउ गरेको हो ।

श्रीमती जरिनाले गत कार्तिक ४ गते श्रीमान ३५ बर्षीय इस्लाम अंसारीको हत्या गरेको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक नबिन कार्कीले जानकारी दिएका छन् ।

अन्सारीले अत्याधिक मादक पदार्थ सेवन गरी सुत्ने खाटबाट लडी घाइते भएको र जिल्ला अस्पताल गौर उपचारको लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको भन्ने सूचनाको आधारमा शंका लागेर प्रहरीले अनुसन्धान गरेको थियो । अनुसन्धान टोलीले घटनास्थल र शव जाँच मुचुल्का समेतको कार्य सम्पन्न गर्दा उक्त मृतक लाश शंकास्पद देखिएकोले सो घटनाको थप अनुसन्धान गर्ने क्रममा निज मृतक ईस्लाम अन्सारी र निजको श्रीमतीको प्राय घरायसी झगडा पर्ने गरेको र राती ११ बजेको श्रीमान श्रीमतीको वादविवाद भएकोमा मृतक ईस्लाम अन्सारीको श्रीमती जरिना खातुनले आवेशमा आई प्लाष्टिकको डोरीले घाँटीमा कसी मारेको खुल्न आएको प्रहरीको अनुमान छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ