नेकपाका नेता तथा वडा अध्यक्षले दिए पत्रकारको हात काट्ने धम्की

नेकपाका नेता तथा वडा अध्यक्षले दिए पत्रकारको हात काट्ने धम्की

  • शनिबार, कार्तिक ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

ओम हमाल

कार्तिक ९ । सत्तारुढ नेकपा रुकुमका एक स्थानीय नेताले समाचार लेख्ने पत्रकारको हात काट्ने चेतावनी दिएका छन्। मुसिकोट नगरपालीका १३ का वडाध्यक्ष समेत रहेका नेकपाका स्थानीय नेता दिपक केसीले समाचारकै विषयमा लिएर रेखदेख साप्ताहिकका प्रकाशकर सम्पादक प्रवीर ददेलको हात काट्ने तथा ज्यान लिने धम्की दिएका हुन्।

समाचारको विषयमा पटकपटक धम्कयाउँदै आएका केसीले शुक्रवार भने ददेललाई खाना खाइरहेका ठाउँमा आक्रमणको प्रयास गरेका थिए। साथमै रहेका अन्य स्थानीयनले आक्रमणबाट जोगाए पनि ददेललाई जहाँ भेट्यो त्यहि ठीक पार्ने धम्की समेत केसीले दिएका छन्।

यसैबीच नेपाल प्रेस युनियनले घटनाको भत्सर्ना गर्दै आक्रमणको प्रयास गर्ने तथा धम्की दिने नेकपाका नेता केसीलाई कानुनी कार्वाहीको माग गरेको छ। युनियनका महासचिव अजयबाबु शिवाकोटीले एक विज्ञप्ती निकाली समाचार लेख्ने पत्रकारको हात काट्छु भन्ने नीज केसीलाई कानुनी दायरामा ल्याई पत्रकारलाई भयरहित वातावरणमा पत्रकारिता गर्ने वातावरण बनाउन स्थानीय प्रसासनसँग माग गरेका छन् ।

-जनसञ्चारबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ