ग्लोबल आइएमई र जनता बैंकबीच मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

ग्लोबल आइएमई र जनता बैंकबीच मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

  • शुक्रबार, कार्तिक ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौँ, ८ कात्तिक । ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालबीच मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ ।

आज यहाँ आयोजित एक समारोहबीच ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंक नेपालका अध्यक्ष केशवबहादुर रायमाझीलले अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

दुवै बैंकले नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिपश्चात् एकीकृत कारोवार शुरु गर्नेछन् । यी दुई बैंकले गत असार २० गते मर्जरका लागि प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । मर्जरपछि बन्ने बैंकको नाम ग्लोबल आइएमई बैंक, अध्यक्ष चन्द्रप्रसाद ढकाल हुने सहमति गरिएको छ भने सञ्चालक समितिमा ग्लोबलको तर्फबाट पाँच जना र जनताको तर्फबाट दुई जना रहने सहमति भएको छ ।

त्यस्तै मर्जरपछि बन्ने बैंकको सिइओ पर्शुराम कुँवर क्षेत्री रहने र ग्लोबल आइएमई बैंकका कामु सिइओ महेश शर्मा ढकाल, वरिष्ठ डेपुटी सिइओ हुने सहमति भएको छ । मर्जरपछि ग्लोबल आइएमई बैंक नेपालकै ठूलो बैंक बन्नेछ ।

संयुक्त बैंकको चुक्ता पूँजी करीब रु १९ अर्ब, कूल निक्षेप रु दुई खर्ब १२ अर्ब र कूल कर्जा लगानी दुई खर्ब पुग्नेछ । त्यस्तै बैंकको शाखा सञ्जाल ३०० भन्दा बढी र ३ हजार २५० भन्दा बढी कर्मचारी रहने छन् ।

उक्त सम्झौता कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको ठूला वित्तीय संस्थाको मर्जरसम्बन्धी नीति कार्यान्वयनमा सहयोग पुग्ने गरी दुबै बैंकबीच मर्ज भएको बताउँदै मर्जपछि यो संस्था ७७ जिल्लामै शाखा सञ्जाल भएको नेपालकै सबैभन्दा ठूलो बैंक बन्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले दुवै बैंकको वार्षिक साधारणसभा सम्पन्न गरी संयुक्त कारोवार शुरु गरिने जानकारी दिनुभयो । ग्लोबल आइएमई बैंक मर्जरमा सधैँ अग्रपङ्क्तिमा रहेको बताउँदै अध्यक्ष ढकालले यसअघि १७ वटा विभिन्न वित्तीय संस्थासँग मर्ज गरी हाल जनता बैंकसँग अठारौँ मर्ज गरेको र यो वित्तीय क्षेत्रमा नयाँ कीर्तिमान हो भन्नुभयो ।

सो अवसरमा जनता बैंकका अध्यक्ष केशवबहादुर रायमाझीले देशको उत्कृष्ट वित्तीय संस्था स्थापना गर्ने योजना एवं नीतिबमोजिम ग्लोबल आइएमई बैंकसँग नेपाल राष्ट्र बैंकको सहमति लिएर मर्जर गरिएको बताउनुभयो । उहाँले ग्लोबल बैंकसँगको मर्जरका सम्पूर्ण प्रक्रिया टुङ्गो लागिसकेकाले चाँडै संयुक्त कारोवार हुने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ