भ्रमण वर्ष सफल बनाउन जिल्ला स्तरीय समिति

भ्रमण वर्ष सफल बनाउन जिल्ला स्तरीय समिति

  • शुक्रबार, कार्तिक ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

परासी, ८ कात्तिक ।
नेपाल सरकारले मनाउन लागेको भ्रमण वर्ष २०२० सफल बनाउन पश्चिम नवलपरासीमा जिल्लास्तरीय पर्यटन प्रवद्र्धन समिति गठन गरिएको छ । भ्रमण वर्षलाई जिल्लामा प्रभावकारी बनाउँदै सफल बनाउन शुक्रबार परासीमा सरोकार निकायका प्रतिनिधिको बैठकले जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर रायको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको हो ।

समितिले भ्रमण वर्षलाई सफल बनाउन जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय गन्तव्यहरुको सूची बनाई प्रवद्र्धन गर्ने, स्थानीयस्तरमा उपसमिति गठन गर्ने र आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न सक्रियताका साथ काम गर्ने निर्णय गरेको छ ।

समितिमा पर्यटन क्षेत्रमा क्रियाशील विभिन्न निकायबाट प्रतिनिधित्व गराइएको छ । समितिको सदस्यमा जिल्ला समन्वय समितिका सदस्य राजेश यादव, होटल व्यवसायीबाट होटल तथा रेष्टुरेण्ट व्यवसायी सङ्घका जिल्ला अध्यक्ष रमेश पाण्डे र नवराज अधिकारी, उद्योगी व्यवसायीबाट उद्योग वाणिज्य सङ्घ नवलपरासीका महासचिव गिरीराज पाण्डेय र सचिव तारा आचार्य, ट्राभल एण्ड टूर व्यवसायीबाट पाल्ही मध्यनेपाल यातायात प्रालिका अध्यक्ष ऋषिराम पौडेल, पत्रकार महासङ्घबाट जिल्ला अध्यक्ष हरि शर्मा रहनुभएको छ ।

यसैगरी पर्यटन क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तिमध्येबाट राससकर्मी मोहन पौडेल, पर्यटन पत्रकार विष्णु खनाल, बेचु गौड, नागरिक समाजका अध्यक्ष कैलाश ठाकुर, सामुदायिक रेडियो परासीका अध्यक्ष सुमनगोपाल आचार्य, समाजसेवीहरुको तर्फबाट श्याम बुचामगर, रिङ्कुकुमार गुप्ता, सूर्यबहादुर आलेमगर, सन्तोष यादव, भोजकुमारी चौधरी, पुरमाया मगर, गायत्री आचार्य तथा सदस्यसचिवमा जिल्ला समन्वय अधिकारी कृष्णप्रसाद गौतम रहनुभएको छ ।

जिल्लास्तरीय पर्यटन प्रवद्र्धन समितिका प्रमुख रायले नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्षलाई सफल बनाउनु सबैको दायित्व भएको उल्लेख गर्दै आफ्नो लाग्न आग्रह गर्नुभयो । आगामी दिनमा कार्ययोजना नै बनाएर जिल्लामा पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ