कार्तिक ८ काठमाण्डौं । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका(३ पडरियास्थित भित्री सडकमा पटका पड्किँदा ४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लु २० प १५ नंको मोटर साइकलमा भारतबाट अवैध रुपमा ल्याउँदै गरेको पटका पड्किएको हो । पटका मोटर साइकलको साइलेन्सरमा पाइपमा छुँदा पड्किएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय लुम्बिनीको प्रहरी टोलीले मोटरसाइकल, एक बोरा जुत्ता चप्पल र आधा बोरा पटकासमेत बरामद गरेको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकृत एवं प्रवक्ता प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार मोटरसाइकल चालक रुपन्देही गैडहवा ७ सिसवा बस्ने वर्ष ३२ का अशोक यादव घाइते भएका छन । उनका दुवै खुट्टामा चोट लागेको छ । उनको मेडिकल कलेज भैरहवामा उपचार भैरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline