कार्तिक ७ काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य कर्ण बुढासहित डोल्पाका ५३ जना नेता–कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा राप्रपा कर्णाली संयोजक समेत रहेका बुढासहितका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । केन्द्रीय समितिको वैठककै अवसर पारेर कार्यक्रम आयोजना गरिएको हो।
पार्टी सभापति शेरबहादुर देउवाले नवप्रवेशीहरुलाई पार्टी सदस्यता प्रदान गरे । पार्टी प्रवेश कार्यक्रमामा वरिष्ठ नेता रामचन्द्र पौडेलले खादा ओढाइ पार्टीमा स्वागत गरेका थिए।
कांग्रेस उपसभापति निधिले राप्रपाका नेता कार्यकर्ताहरुको कांग्रेस प्रवेशले सिंगो राप्रपा डोल्पा कांग्रेस प्रवेश सरह भएको बताए ।पार्टी प्रवेशपछि बोल्दै नेता बुढाले डोल्पामा कांग्रेसलाई २०४८ कै कांग्रेसको अवस्थामा ल्याउने दाबी गरे ।