काठमाण्डौ कार्तिक ७ । असोज २० गते दाङबाट कमाण्ड ईन्चार्ज चन्द्र बहादुर चन्द बीरजंग, केन्द्रीय सदस्य सुभाष सहित २१ नेता कार्यकर्ताको गिराफ्तारी विरुद्ध घोषित सघर्षका कार्यक्रम अन्तर्गत आज देशका विभिन्न भागमा कोण सभा गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको सो पार्टीले जनाएको छ ।
गत फागुण २८ मा प्रतिवन्ध पछि हाल सम्म करीब एक हजार बढी नेता कार्यकर्ता गिराफ्तार भईसकेको बताईएको छ ।
आज काठमाण्डौंको विभिन्न ठाँउमा कोण सभा गरेको जनगणतान्त्रिक मञ्चको आयोजनामा कोण सभा भएको मञ्चका नेता खेम प्रधानले बताए ।
यस्तै ललितपुरको लुभुमा प्रधानमन्त्री ओलीको पुत्ला दहन भएको बताईएको छ । यसै गरी दाङको विभिन्न ठाँउमा कोण सभा र पुत्ला दहन भएको बताईएको छ ।
यसै गरी कालिकोट , जाजरकोट , रोल्पा, रुकुम लगायत देशका अधिकाश जिल्लामा विरोधका घोषित कार्यक्रम गरिएको पार्टी निकट स्रोतले जनाएको छ ।
घोषित संघर्षका कार्यक्रम अनुसार आगामी कार्तिक १७ गते एक घण्टा चक्काजाम गर्ने कार्यक्रम रहेको छ ।