लागू औषध सहित तीन पक्राउ

लागू औषध सहित तीन पक्राउ

  • बिहिबार, कार्तिक ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

कार्तिक ७ । नेपाल प्रहरी लागुऔषध नियन्त्रण ब्यूरोले छ किलोग्राम ४०० ग्राम गाँजा र सात किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले लागुऔषध ओसारपसार कार्यमा संलग्न अच्युत त्रिपाठी, राजेन्द्रप्रसाद पाण्डे र सुरेन्द्र पाण्डेलाई विभिन्न मितिमा पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले पक्राउ परेका त्रिपाठीले अडियो म्युजिक सिस्टमभित्र लुकाएर काठमाडौँ महानगरपालिका–१६ मा रहेको डिलाइट होटलमा राखेको अवस्थामा त्रिपाठी र होटलका सञ्चालकद्वयलाई पक्राउ गरिएको जानकारी दिए ।
त्रिपाठीले लागुऔषध लुकाएर राखेको अडियो म्युजिक सिस्टम फ्लाई दुवई एयरको एयर कार्गोमार्फत क्यानडा हुँदै नेपाल भित्रिएको र उक्त लागुऔषध पनि विदेशबाट नेपाल आएको अनुसन्धानमा खुल्न आएको लामाले जानकारी दिए । पक्राउ परेका पाण्डेद्वय यसअघि पनि विदेशबाट लागुऔषध कारोवार गर्ने गरेको अनुन्धानमा खुलेको छ । पक्राउ परेकालाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ