काठमाण्डौं कार्तिक ७ । राजनीतिमा प्रवेश गरेको केही वर्ष देखि नै निरन्तर पार्टी र आन्दोलनमा कार्यकारी भूमिका खेल्दै आएका नेकपा अध्यक्ष प्रचण्ड समय न पार्टी न सरकार कुनै पनि ठाँउमा कार्यकारी हुन पाएका छैनन् ।
संघ र प्रदेशको निर्वाचन अघि तात्कालीन एमालेसगँ गठबन्धन बनाउदै ०७४ साल जेष्ठ २ गते सरकारको नेतृत्व आलोपालो गर्ने लिखित सहमति ओलीसगँ गरेर पार्टी एकता गरेर पार्टीको अध्यक्ष बनेका दाहालमा यतिखेर पुनः छटपटी शुरु भएको छ ।
केही दिन अघि सिन्धुपालचोकमा परिवारसहित पुगेर बसेर फर्किए पछि दाहालले ओलीलाई भेटेर सहमति कार्यन्वयन गर्न दवाव दिए पनि त्यसबाट ओली टसमस हुने संकेत नदेखिए पछि दाहालले फेरी अन्य प्रभावशाली नेताहरु माधव कुमार नेपाल र वामदेव गौतमसगँ छलफल गरेको बुझिएको छ ।
कान्तिपुर दैनिकमा प्रकाशित खबर अनुसार दाहालले वरिष्ठ नेता माधव कुमार नेपालसगँ छलफल गरेर सहमति कार्यन्वयनका लागि दवाव दिन कोशिस गरेका थिए । तर नेपालले आफ्नो बरियता घटाउने र एक व्यक्ति एक पदको कुरा उठाउदा आफूलाई एक्लै पारेको भन्दै प्रचण्डलाई स्पष्ट साथ दिन हिचकिचाएको स्रोत बताउछ । नेपाल निकट स्रोतले नेपालले दुई जना ( दाहाल र ओली ) मिल्दा मलाई एक्ल्याउनु हुन्छ, अहिले सम्म जे गर्नु भयो , सहेर बसेँ अब फेरी एकलौटी गर्नु भयो भने ठीक हुदैन , भनेर खबरदारी गरेको बताईएको छ ।
उता अर्का नेपाल बामदेव गौतम भने दाहालसगँ सहमत भएको दावी गरिएको छ । गौतमले आफूलाई उपाध्यक्ष बनाउने कुरा पनि सचिवालयमा लगेर अड्काईएकोमा ओलीसगँ असन्तुष्ट बनेका छन् ।
उनले दाहाल र नेपालसगँ दवाव दिन भए पनि एक हुन अध्यक्ष दाहाल र नेपाललाई आग्रह गरेका थिए ।
आखिर दाहालले चाहेको के हो त ?
दाहाल निकट स्रोतका अनुसार जेष्ठ २ गते भएको लिखित सहमतिका आधारमा सरकार आलोपालो गर्ने ( प्रचण्डलाई अब प्रधानमन्त्री बनाउने ) वा गत साउनमा भएको अनौपचारीक सहमति अनुसार दाहालले पार्टीको कार्यकारी अध्यक्षको भूमिका पाउनु पर्ने विषयमा प्रचण्डले दवाव दिन थालेका हुन् ।
दुई मध्य एक नहुदा पार्टी र सरकारमा आफ्ना कुराहरु लागू नभएको , सवैधानिक एवं राजदुत नियुक्तिदेखि विभिन्न कुरामा चित्त नबुझेकाले दाहालले ओलीसगँ फेरी सहमति खोज्ने र नभए नयाँ ढंगले अघि बढ्न चाहेको बताएको दाहाल निकट एक नेताले बताए ।
पछिल्लो समय पूर्व सभामुख कृष्ण बहादुर महराको भूमिकाका विषयमा ओली र दाहालको सार्वजनिक अभिव्यक्ति बाझिएको थियो । ओलीले कान्तिपुर दैनिकमा प्रकाशित अन्तवार्तामा एमसीसी अनुमोदन गर्ने विषयमा तात्कालीन सभामुखले कमजोरी गरेको र अनुमोदन नगराएको भने पछि लगत्तै दाहालले विविसीलाई दिएको अन्वार्तामा त्यो महराले मात्रै गरेर हैन भन्दै टिप्पणी गरेका थिए ।
पार्टी एकता तल्लो तहसम्म पुगेर पूर्णता नपाउदै दुई शीर्ष नेताबीच देखिएको बढ्दो तिक्तताले पार्टी भित्र असन्तुष्टी पैदा शुरु भएको छ ।