कार्तिक ६ काठमाण्डौं । चाबहिलमा मूल सडक छेउमा रहेको पुरानो घर भत्काउने क्रममा घाइते भएका एक जनाको मृत्यु भएको छ ।
उपचारका क्रममा मित्रपार्कको दीर्घायु गुरु अस्पतामा दीपक तामाङ मृत्यु भएको प्रहरी वृत्त गौशालाका डिएसपी प्रदीप कुमार सिंहले जानकारी दिए।
बुधबार दिउँसो पुरानो घरलाई भत्काउने क्रममा तामाङ घाइते भएका थिए। घर भत्किँदा घाइते भएका रामबहादुर कुँवर र नजिकैको खाजा घरमा काम गर्ने जीवन मगरको उपचार भईरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline