गणतान्त्रिक व्यवस्थामा पनि मानवअधिकार सुरक्षित भएनः अध्यक्ष अनुपराज शर्मा

गणतान्त्रिक व्यवस्थामा पनि मानवअधिकार सुरक्षित भएनः अध्यक्ष अनुपराज शर्मा

  • सोमवार, कार्तिक ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

काठमाडौँ, ४ कार्तिक ।
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले गणतान्त्रिक व्यवस्थामा पनि मानवअधिकार सुरक्षित नभएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
जनअधिकार अभियान नेपालको चौथो साधारणसभा तथा मुखपत्र आवाजको विमोचन गर्दै अध्यक्ष शर्माले अहिले पनि पञ्चायतकालीन शैलीजस्तो अवस्था देखिएको टिप्पणी गरे । उनले भने, ‘हामीले व्यवस्था परिवर्तन त ग¥यौँ तर त्यसअनुसार आचरण भयो कि भएन भन्ने मुख्य विषय हो तर म आचरण पुरानै देख्छु ।’
उनले यो गणतन्त्र हो कि बन्दुकतन्त्र छुट्ट्याउन गाह्रो भएको टिप्पणीसमेत गरे । उनले विचार र आस्थाकै आधारमा कसैलाई पनि गिरफ्तार गर्न नहुनेमा जोड दिए ।
नेपाली काङ्ग्रेसकी सचेतक पुष्पा भुसालले बृहत् शान्तिसम्झौता सही ढङ्गले निष्कर्षमा नपुग्दा अहिले राजनीतिक तरलता देखिएको टिप्पणी गरिन् । उनले भनिन्, ‘सायद शान्तिप्रक्रिया सही ढङ्गले निष्कर्षमा पुगेको भए फेरि अहिलेको व्यवस्थामा प्रश्न उठ्ने थिएन कि ? विप्लवजी, किरणजीहरू अहिले किन बाहिर हुनुहुन्छ ?’
संसद् कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले मानवअधिकारको अवस्था गम्भीर बन्दै गएको टिप्पणी गरे ।


जनअधिकार अभियान नेपालका अध्यक्ष वरिष्ठ अधिवक्ता एकराज भण्डारीले विप्लवले भनेको वैज्ञानिक समाजवाद र संसदीय व्यवस्थाबीच किन बहस गर्न नपाउने भन्दै प्रश्न गरे ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्न माग गरे । साहित्यकार आहुतिले विचार र आस्थामाथिको प्रतिबन्धले समस्या समाधान नहुनेमा जोड दिए । उनले विचार र आस्थाकै आधारमा देशभर धरपकड गरिएको भन्दै संविधानमा लेखिएको मौलिक हक सुनिश्चित गर्न आग्रह गरे ।
कार्यक्रममा नागरिक आन्दोलनका अगुवा डा. सुन्दरमणि दीक्षितले सरकारको कार्यशैली गम्भीर भएको बताए । उनले यत्रो लडेर ल्याएको गणतन्त्रमा ल्याउनेहरू नै पीडित बन्नु परेको टिप्पणी गरे ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पत्रकारहरूसमेत लडेर ल्याएको गणतन्त्रमै प्रेस स्वतन्त्रता कुण्ठित भएको भन्दै आश्चर्य व्यक्त गरे । उनले विचार र आस्थाकै आधारमा पत्रकार गिरफ्तार गर्नु आपत्तिजनक भएको बताए ।


जनपत्रकार सङ्गठन नेपालका अध्यक्ष प्रकाश डुम्रेले सामाचार लेखेकै आधारमा पत्रकारमाथि धरपकड गलत भएको बताए ।
कार्यक्रममा प्रगतिशील कानुन व्यवसायी सङ्गठनका सचिव कपिलचन्द्र पोख्रेल, तक्मा केसी, अधिकारकर्मी डा. कपिल श्रेष्ठ, सरला रेग्मी, भवानी खरेल, शान्ता भण्डारीलगायतले आआफ्नो धारणा राखेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष एकराज भण्डारीको अध्यक्षता, उपाध्यक्ष देवबहादुर पौडेलको स्वागत र सचिव राम भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियोे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ