नेकपाको सचिवालय कमिटी गठन

नेकपाको सचिवालय कमिटी गठन

  • सोमवार, कार्तिक ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

काठमाडौं, ४ कार्तिक ।

नेपाल कम्युनिष्ट पार्टी तनहुँले कार्य सम्पादनका लागि सचिवालय कमिटी गठन गरेको छ । आइतबार बसेको पार्टीको बैठकले ४९ सदस्यीय जिल्ला सचिवालय कमिटी गठन गरेको हो ।

बैठकले सात सदस्यीय कार्यालय टिमसमेत गठन गरेको पार्टीका जिल्ला अध्यक्ष केदार सिग्देलले जानकारी दिनुभयो । कार्यालय टिममा साविक नेकपा एमालेबाट अध्यक्ष सिग्देलसहित श्रीप्रसाद श्रेष्ठ, भगवती न्यौपाने र विष्णुभक्त सिग्देल तथा साविक नेकपा माओवादी केन्द्रबाट राजेन्द्रकेशरी न्यौपाने, मदन आले र अतिन्द्रकेशरी न्यौपाने रहनुभएको छ ।

कार्यालय सचिवमा यसअघि राजेश्वर ढकाल चयन हुनुभएको थियो भने बैठकले कार्यालय सचिवमा वसन्त दरैलाई जिम्मेवारी प्रदान गरेको छ । सोही बैठकले चाडपर्वको अवसरमा कात्तिक ९ गते आयोजना गर्न लागिएको चियापान कार्यक्रमलाई भव्य बनाउने निर्णय गरेको पार्टीका सचिव राजेन्द्रकेशरी न्यौपानेले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ