महरा अझै पाँच दिन थुनामा रहने, करिव सात घन्टा बयानः रोशनीले अदालतमा बुझाइन् बहकाउ बयानको जाहेरी

महरा अझै पाँच दिन थुनामा रहने, करिव सात घन्टा बयानः रोशनीले अदालतमा बुझाइन् बहकाउ बयानको जाहेरी

  • आइतवार, कार्तिक ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

३ कार्तिक, काठमाडौं ।
बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा अझै पाँच दिन थुनामा रहने भएकाछन् ।
आइतबार प्रहरीले सात दिनको अनुमति मागेकामा काठमाडौं जिल्ला अदालतले शनिबारबाटै लागू हुनेगरी अझै पाँच दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको हो ।
यसअघि थपिएको म्याद शनिबार सकिएकाले सोहीअनुसार म्याद थप गरिएको हो । आइतबार अदालतमा उपस्थित गराउनुअघि महरालाई सरकारी वकिलको कार्यालय लगी बयान लिइएको थियो ।
करिब सात घन्टा बयान लिएपछि साँझ ५ बजेपछिमात्रै अदालत र्पुयाइएको थियो । म्याद थपिएपछि उनलाई पुनः नर्भिक अस्पताल नै फर्काइएको छ ।
पक्राउलगत्तै उच्च रक्तचाप र मुटुमा समस्या देखिएको भन्दै महरा नर्भिक अस्पतालमा बस्दै आएका छन् । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएपछि प्रहरीले महरालाई गएको असोज १९ गते बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको थियो ।
उता, पीडित भनिएकी महिला रोशनी शाहीले आफू बहकिएर महराविरुद्ध बयान दिएको भन्दै आइतबार अदालतसमक्ष जाहेरी दिएकी छन् ।
यसअघि, सोही व्यहोराको जाहेरी प्रहरीमा दिँदा प्रहरीले बुझ्न नमानेको भन्दै उनले अदालतमै जाहेरी बुझाएकी हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ