कार्तिक ३, काठमाडौँ ।
निर्वाचन आयोगले आगामि मंसिर १४ मा हुने उपनिर्वाचनको तयारीबारे आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफिङ गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोग पदाधिकारीहरूले उपनिर्वाचनसम्बन्धी समग्र व्यवस्थापन, मतदाता नामावली, मतदाता परिचयपत्र, सुरक्षा व्यवस्थापन, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको नियुक्ति लगायतका विषयमा विस्तृत जानकारी गराएका हुन् ।
प्रधानमन्त्री ओलीले तयारीप्रति सन्तोष व्यक्त गर्दै सरकारका तर्फबाट आवश्यक सबै सहयोग गर्ने बताएका आयोग प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline