महराको भूमिकाबारे ओली र प्रचण्डको कुरा बाझियो !

महराको भूमिकाबारे ओली र प्रचण्डको कुरा बाझियो !

  • शुक्रबार, कार्तिक १, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाण्डौं कार्तिक १ । बलात्कार प्रयासको मुद्धामा थुनामा रहेका पूर्व सभामुख कृष्ण बहादुर महराको भूमिकाको बिषयमा सत्तारुढ नेकपाका अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको कुरा बाझिएको छ ।
कान्तिपुर दैनिकलाई दिएको अन्तवार्तामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले पूर्व सभामुख महराले अमेरीकी सहयोग लिने सम्बन्धमा भएको सम्झौता एमसीसी ससदबाट अनुमोदन गर्न आनाकानी गरेको बाहिरको कुरा सुनेको भनी प्रतिकृया दिएका थिए ।
तर दाहालले आज बिहान धनगढीमा विबिसीका पत्रकारलाई दिएको अन्तवार्तामा अर्का अध्यक्ष प्रचण्डले त्यो सत्य हो जस्तो लाग्दैन भन्दै महरा एक्लैले अनुमोदन गर्न सक्ने बिषय थिएन भनी प्रतिकृया दिएका छन् ।
ससदले उक्त अनुदान सम्झौता अनुमोदन गरे पछि मात्रै कार्यन्वयन हुने भएकाले अब ससदले पारीत गर्ने ओलीको प्रतिकृया छ ।
तर दाहालले यो विषयमा पार्टीमा औपचारीक ढंगले छलफल नभएको भन्दै यस अनुदानमा उठेका प्रश्नहरुलाई सवोधन गरेर मात्रै अननुमोदनको दिशामा जानु पर्ने बताए ।
यो सम्झौता अनुसार अमेरीकाले दिने रकम सुनौलीदेखि लप्सीफेदीसम्म ३ सय किलोमिटर ४ सय केभीए प्रशारण लाईन विस्तार र विभिन्न सडकको स्तरउन्नतीमा खर्च गर्ने भनिएको थियो ।
यो कार्यन्वयन गर्दा भारतसगँ सहमति लिनु पर्ने भन्ने अमेरीकी अर्को शर्तका कारण पनि यसको आलोचना हुदै आएको छ । साथै यो ईन्डोप्यासेफिक रणनीति अन्तर्गत सहयोग भन्ने चर्चाले पनि यसलाई विवादीत बनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ