के गैर आवासीय नेपालीले विदेशमा बसेर तोडफोड मात्र सिकेका हुन ?

के गैर आवासीय नेपालीले विदेशमा बसेर तोडफोड मात्र सिकेका हुन ?

  • शुक्रबार, कार्तिक १, २०७६
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

कार्तिक १ काठमाण्डौं । हंगामा, तोडफोड , नारावाजी कुर्सी भाँचेको यी शब्दहरु यस पटकको एनआरएनएको नवौं सम्मेलनको प्रमुख चर्चाको बिषय रह्यो ।
काठमाण्डौंमा भेला भएका ८१ देशका २५ सय बढी गैरआवासीय नेपालीले नेपाललाई  सकारात्मक सन्देश दिने अपेक्षा गरिएको थियो ।
तर विमानस्थलमै अध्यागमन तोड्ने देखि मतदान हुनु अघिको नाराबाजी र कुर्सी तोडफोड देखि राति मतगणनामा फेरी हंगामै गरेको खबर सार्वजनिक भए पछि एनआरएनए प्रति सामाजिक सञ्जालमा तीव्र विरोधका स्वर देखिन थालेको छ ।

अध्यक्षका उम्मेद्धार कुल आचार्य र उनका प्रतिनिधिलाई मतगणना भएको स्थलमा छिर्न नदिएको उनका समर्थकले हंगामा मच्चाएका हुन् । उनीहरुले नाराबाजी गर्दै तोडफोडको प्रयास गरेपछि दुई पक्षीय झडप समेत भएको थियो ।

झपडपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो । तनावका कारण केहीबेर मतगणना नै प्रभावित बन्न पुगेको थियो ।

पटक पटकको विवादका कारण प्रभावित हुँदै आएको एनआरएनको मतगणनामा सुस्तता आएको छ । राती अबेरसम्म अन्तिम परिणाम आइसक्ने अपेक्षा गरिएपनि विवादकै कारण शुक्रबार बिहानसम्म अन्तिम मतपरिणाम आइसकेको छैन । गैरआवासीय नेपालीको हर्कतका कारण नवौं विश्व सम्मेलन नै विवादित बन्न पुगेको छ ।

निर्वाचनमा नेकपा निकटबाट कुमार पन्त र काँग्रेस निकटबाट कुल आचार्यले प्यानल नै बनाएर चुनाव लडेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी