सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको मासिक विजेता घोषित

सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको मासिक विजेता घोषित

  • बिहिबार, अशोज ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईकोडबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाकोविजेता घोषित भएका छन् ।
सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत सेवाग्राहीद्वय तामाङ्ग र नगरकोटी विजेता घोषित भएका हुन् ।
उनीहरुले क्रमसः मलेसिया र जापानबाट अफर अवधिमा आइएमई मार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए । आइएमईको दसैँ अफर अन्तर्गत सेवाग्राही दुवैले आफुले पठाएको रकमको चार गुणाबढी रकम प्राप्त गरेका छन्।
त्यस्तै आइएमईका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संजाल मार्फत अफर अवधिमा नेपालमा पैसा पठाउने आइएमई सेवाग्राहीहरू कृष्ण मुखिया, महेश आले मगर, विजय नेपाली, लक्ष्मी गुरुङ, राम बहादुर काफ्ले, भुवन अधिकारी, जीत बहादुर सार्की, चुणामणी काफ्ले, कृष्ण थापा, आइतराम गुरुङ, डबल प्रसाद चापागाईं र राजेश शाह सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत विभिन्न हप्ताका साप्ताहिक विजेता घोषित भएका छन्।
विजेता सवैले आफुले पठाएको रकमको दुई गुणाबढी रकम प्राप्त गरेका छन्। आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । उक्त अफर २०७६ साल भदौ १५ गतेदेखि कार्तिक मसान्त कायम रहने आईएमई ग्रुपले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ