एजेन्सी असोज ३० । पाचौ पुस्ताको प्रविधिको विकास र प्रयोगमा सक्रिय चीनको टेलिकम्पनी हुवावेमाथि अमेरीकाले प्रतिवन्ध लगाए पनि हुवावेले आफ्नो विक्री तथा नाफा निरन्तर बृद्धि गरीरहेको ।
सन् २०१९ को पहिलो तीन महिनामा हुवावेले एक सय ८५ मिलियन स्मार्टफोन विश्वभर विक्री गरेको जनाएको छ ।
बुधबार सार्वजनिक आर्थिक प्रतिवेदनमा कम्पनीले २६ प्रतिशत नाफा बढेको घोषणा गरेको छ ।
गुगल तथा ईन्टेल जस्ता अमेरीकी कम्पनी र सप्लाईमा समस्या देखिएको भए पनि चीनीया टेलि कम्पनीको राजस्वमा २४ दशमलव ४ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा औल्याईएको छ ।
विश्वव्यापी रुपमा पाचौ पुस्ताको नेटवर्क विस्तार वृद्धि भएको , ४ लाख बढी पाचौ पुस्ताको नेटवर्क स्टेसन बनेको कुरा उसले जनाएको ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline