जन्मभूमिको विकासमा सहयोगी बन्न एनआरएनएलाई राष्ट्रपतिको आग्रह

जन्मभूमिको विकासमा सहयोगी बन्न एनआरएनएलाई राष्ट्रपतिको आग्रह

  • मङ्लबार, अशोज २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौं, असोज २८ । राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मभूमिको विकासमा सहयोगी बन्न गैरआवासीय नेपाली (एनआरएनए)लाई आग्रह गरेकी छन् ।

एनआरएनएको नवौं विश्व सम्मेलनको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै उनले एनआरएनएले विश्वमा नै सद्भावनादूतकारुपमा रहेर काम गर्नसक्ने भन्दै नेपालको आर्थिक विकासको साझेदार बन्न आग्रह गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले एनआरएनएले पुँजी र प्रविधि नेपालको आर्थिक विकासमा लगाउन आह्वान गरिन् ।

उनलेले भ्रमण वर्ष २०२० सफल बनाउनका लागि पनि सहयोग गर्न एनआरएनएलाई आग्रह गरिन् ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको विकासको चाहना पूरा गर्न एनआरएनएको आवश्यकता पर्ने भएकाले सरकार उनीहरुसँग सहकार्य गर्न तयार रहेको बताए ।

‘म, मेरो एनआरएनए र मेरो नेपाल’ नारा रहेको सम्मेलनले नयाँ नेतृत्व छान्नेछ ।

तीनदिने सम्मेलनमा ८१ मुलुकका गैरआवासीय नेपाली प्रतिनिधि एवं अरु स्वदेशी–विदेशी गरी करिब दुई हजार ५०० को सहभागिता रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी