एनआरएनएको विश्व सम्मेलन आजदेखि काठमाडौंमा शुरु हुदै

एनआरएनएको विश्व सम्मेलन आजदेखि काठमाडौंमा शुरु हुदै

  • मङ्लबार, अशोज २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

असोज २८ काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तराष्ट्रिय समन्वय परिषदको नवौं विश्व सम्मेलन तथा महाअधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ ।

संघले सोमबार पत्रकार भेटघाट कार्यक्रम गरी सम्मेलनको तयारी पूरा भएको जनाएको छ । होटल हायातमा हुने सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । सम्मेलन ३० गतेसम्म चल्नेछ ।

संघका महासचिव बद्रि केसीले सम्मेलनमा २५ सय प्रतिनिधि सहभागी हुने बताए । ‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ नारासहित आयोजना गरिएको सम्मेलनमा ८१ देशका गैरआवासीय नेपाली सहभागी हुने संघले जनाएको छ ।

राजधानीको होटल हायात रिजेन्सीमा हुने सन् २००३ देखि विदेशमा छरिएर रहेका गैरआवासीय नेपालीलाई समेट्ने क्रममा संघले ८१ मुलुकमा आफ्नो राष्ट्रिय समन्वय परिषद् गठन गरिसकेको छ ।

यो महाधिवेशनले आगामी कार्यकालका लागि नेतृत्वसमेत चयन गर्नेछ । आगामी नेतृत्वका लागि उपाध्यक्षद्वय कुल कुमार पन्त र कुल आचार्यले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आचार्यले सोमबार पत्रकार सम्मेलन आयोजना गरी आफ्नो प्यानल घोषणा गरेका छन् । आचार्य प्यानलबाट महासचिवमा जानकी गुरुङ बेल्जियम, उपाध्यक्षमा डा. केशव पौडेल अमेरिका, मन केसी अस्ट्रेलिया, नरेन्द्र भाट मध्यपूर्व र महिला उपाध्यक्षमा रबिना थापा अमेरिकाले उम्मेदवारी दिने घोषणा गरेका छन् । कोषाध्यक्षमा सोम सापकोटाले उम्मेदवारी दिनेछन् ।

पन्त टिमले आज आफ्नो प्यानल घोषणा गर्ने जनाएको छ । यद्यपी, सहमतिको प्रयास पनि जारी छ । तर दुवै अध्यक्षका उम्मेदवारले आफ्नो अडान नछाड्ने बताउँदै आइरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी