ललितपुर, असोज १५ । एनआईसी एसिया बैंकको नयाँ शाखा लगनखेल, प्रयागपोखरीमा संचालनमा आएको छ ।बुधबार एक कार्यक्रमकाबीच अरनिको कल्चर एण्ड बिजिनेस सोसाइटीका अध्यक्ष अजरमान जोशीले तीनसय चौथौं शाखाको उद्घाटन गरे ।
ललितपुरको उद्योग ब्यवसाय रहेको स्थानमा खोलिएको यस शाखाले यस क्षेत्रका उद्योग ब्यवसायी र सर्वसाधारणलाई फाइदा पुग्ने उनकाे विश्वास छ ।
कार्यक्रममा बैंकका उप क्षेत्रीय प्रमुख लक्ष्मण चालिसेले देशकै ठूलो बैंकको रुपमा स्थापित यसले १८ लाख ग्राहक बनाईसकेको जानकारी दिए । बैंकका शाखा प्रबन्धक मोहन कार्कीले ७७ जिल्लामध्ये ७१ वटामा विस्तार भएको बैंकले सामुदायिक रुपमा काम गर्ने बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline