असोज १५ काठमाण्डौं । रोसनी शाही नामकी एक महिला कर्मचारीले आफूलाई बलात्कार तथा यातना दिएको गंभीर अभियोग लगाएर ४० वर्ष लामो राजनीतिक जीवनमा असाधारण धक्का लागे पछि पूर्व सभामुख कृष्ण बहादुर महराको राजनीतिक भविष्य के होला ? उनी आफ्नो राजनीतिक जीवनबारे के सोच्दैछन् ? यो विषय तपशीलमै छ ।
तर यो आरोप सार्वजनिक भएको २४ घण्टा नवित्दै महराले सभामुख पदबाट राजीनामा दिन बाध्य भए । उनलाई पार्टीले सभामुख र ससद दुबै पदबाट राजीनामा दिन निर्देशन दियो ।
यो राजीनामा उनले छानविन हुन्जेलका लागि भनी दिए पनि पार्टीले भने ससदबाट समेत राजीनामा दिन भनेको थियो । तर उनले सदनबाट राजीनामा दिएका छैनन् र उनलाई त्याहाँबाट पनि राजीनामा दिन आफ्नै पार्टीका नेताहरुले दवाव दिईरहेका छन् ।
ती महिलाको घरमा आफू नगएको भनेर प्रष्टीकरण दिएका महराको पक्षमा ती पीडित भनिएकी महिलाले राजीनामा दिएकै दिन उनी आफ्नो बाबु समान भएको र बलात्कार नगरेको भनेर माहौल उल्ट्याएकी थिईन् ।
उनको यो बयान र हाल सम्म जाहेरी नदिएकाले महरालाई हिरासतमा राखेर फौजदारी तथा जबरजस्ती करणी सम्बन्धि मुद्धामा अनुसन्धान हुने आधार भने देखिदैन । त्यसका बाबजुद पनि उनको सभामुख पद भने अब नफर्किने निश्चित छ ।

पञ्चायत विरुद्ध सघर्ष हुदै दश वर्षे जनयुद्धमा प्रभावकारी भूमिका निर्वाह गरेर आएका महराले अब आफूलाई कसरी अघि बढाउलान् यो निश्चित छैन । तर उनका दुई छोराहरुले भने बन्दुक बोकेको र कम्ब्याट ड्रेस लगाएको तस्वीर सार्वजनिक गर्दै फेरी क्रान्तिकारीहरुसगँ भेट हुनेछ भनेर फेसबुकमा एउटै स्टाटस लेखेका छन् ।

यो परिस्थितिले असल मित्रहरु चिन्ने मौका मिलेको भन्दै उनीहरुले बुख्याचाह खडा गरी क्रान्तिकारीहरुलाई समाप्त पार्न विदेशी शक्ति केन्द्र र नेपाली दलाल लागेको भन्दै फेरी क्रान्तिकारीहरुसगँ भेट हुने उल्लेख गरेका छन् ।