एटिएम बुथमा सुरक्षा गार्ड राख्ने

एटिएम बुथमा सुरक्षा गार्ड राख्ने

  • शुक्रबार, अशोज १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं, असोज १० । बैंकिङ प्रणाली ह्याक गर्ने चोरहरुले एटिएम बुथबाट पैसा निकाल्न थालेपछि केन्द्रीय बैंकले एटिएम बुथमा सुरक्षा गार्ड राख्न बैंक, वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

केन्द्रीय बैंकको निर्देशनसँगै बैंक, वित्तीय संस्थाले अब आफ्नो एटिएम बुथमा एकजना सुरक्षा गार्ड अनिवार्य राख्नुपर्ने भएको छ ।

राष्ट्र बैंकले बिहीबार एक विज्ञप्ति जारी गरी भुक्तानी सेवा प्रदायक बैंक, वित्तीय संस्थालाई अनिवार्य रुपमा २४ सै घण्टा सुरक्षा गार्ड राख्न निर्देशन दिएको छ ।

केही अघि चिनियाँ नागरिकले विभिन्न बैंकका एटिएमबाट साढे तीन करोडभन्दा बढी रकम निकालेपछि एटिएम बुथमै सुरक्षाकर्मी खटाउनुपर्ने आवश्यकता महसुस गरिएको हो । –नागरिक दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ