बन्द भएका १ सय ९५ कम्पनीमा प्राधिकरणको ६५ करोड बक्यौता

बन्द भएका १ सय ९५ कम्पनीमा प्राधिकरणको ६५ करोड बक्यौता

  • मङ्लबार, अशोज ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, असोज ७ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले बक्यौता नतिर्ने १ सय ९५ कम्पनीको नाम आज सार्वजनिक गरेको छ । हाल बन्द भइसकेका वायुसेवा कम्पनी, ट्राभल, टूर तथा विभिन्न कम्पनीबाट बक्यौता रकम उठाउन नसकेपछि प्राधिकरणले रकम सहित सार्वजनिक गरेको हो ।

नेपाल नागरिक उड्डयन र अन्तर्गत रहेका विभिन्न नागरिक उड्डयन कार्यालयबाट ६५ करोड ८ लाख ७६ हजार ६ सय ३१ रुपैयाँ ३१ पैसा बराबरको रकम उठाउन बाँकि रहेको छ । प्राधिकरणका सूचना अधिकृत त्रिलोचन पौडेलले आज सार्वजनिक गरेको बक्यौता बन्द भइसकेका कम्पनीको भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार संचालनमा रहेका वायुसेवा कम्पनी, अन्य कम्पनी र सरकारी एजेन्सीको बक्यौता भने यहाँ उल्लेख गरिएको छैन ।प्राधिकरणका अनुसार सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र रकम बुझाउन कम्पनीहरुलाई समय तोकिएको छ । तोकिएको समयमा पनि बक्यौता नतिरे कानून अनुसार कारवाही प्रक्रिया थाल्ने प्राधिकरणले स्पष्ट पारेको छ ।

विगतमा सञ्चालनमा रहे पनि अहिले बन्द भइसकेका वायुसेवा कम्पनीको बक्यौता बढी देखिएको छ । प्राधिकरणका अनुसार सबैभन्दा बढी एयर एसियाको बक्यौता छ । नेपाल उडान रद्द गरिसकेको यो कम्पनीले कूल १८ करोड ९४ लाख २१ हजार ४ सय ५७ रुपैयाँ प्राधिकरणलाई तिरेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ