विश्वकै अग्लो भवन बुर्ज खलिफामा नेपाली राष्ट्रिय झण्डा

विश्वकै अग्लो भवन बुर्ज खलिफामा नेपाली राष्ट्रिय झण्डा

  • शनिबार, अशोज ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

४ असोज, अबुधाबी । युएईमा अवस्थित विश्वकै अग्लो भवन बुर्ज खलिफामा नेपाली राष्ट्रिय झण्डा फहराएको छ । संविधान दिवसको अवसर पारेर शुक्रबार साँझ स्थानीय समयअनुसार ९ः१० मा बुर्ज खलिफामा नेपाली झण्डा फहराइएको हो ।
विभिन्न देशको राष्ट्रिय दिवस तथा स्वतन्त्रता दिवसको दिन संसारको अग्लो भवन बुर्ज खलिफामा सम्बन्धित देशको झण्डा फहराउने चलन भएपनि नेपालको राष्ट्रिय झण्डा फहराएको पहिलो पटक हो ।
बुर्ज खलिफामा नेपालको झन्डाको प्रतिविम्ब देखिँदा सयौंको संख्यामा उपस्थित नेपालीहरुले ‘नेपाल’ भन्दै ताली बजाएर खुसियाली मनाएका थिए । शुक्रबार त्यहाँ सार्वजनिक विदा थियो ।
नेपालीको समेत श्रमले बनेको उक्त भवनमा नेपालको झण्डा फहरिनु गौरवको कुरा भएको भन्दै नेपाली दूतावास र यहाँको सरकारप्रति आभार प्रकट गरेका छन् ।
यस्तै युएईको राजधानी अबुधावीमा रहेको एडनक हेडक्वाटर भवनमा पनि नेपालको झन्डा प्रदर्शन गरिएको छ । राजदूत कृष्णप्रसाद ढकालले त्यहाँको सरकारसँग बुर्ज खलिफामा नेपालको झण्डा फहराउन आग्रह गरेका थिए
उनले आफ्नो प्रयास सफल भएको भन्दै खुशि ब्यक्त गरे । संसारकै सबैभन्दा अग्लो भवनमा इतिहासमै पहिलोपल्ट नेपालको राष्ट्रिय झन्डा झलमलाउँदा गर्वले छाती चौडा र शिर ठाडो भएको उनको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी