दसैंका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने

दसैंका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने

  • बिहिबार, भदौ २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडौं, २६ भदाै ।दसैंका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ। बिहीबार यातायात व्यवस्था विभाग र नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघबीच असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने सहमति भएको हो।

महासंघका प्रवक्ता सरोज सिटौलाका अनुसार भाडा समायोजनको जिम्मा सरकारलाई दिँदै ५ गतेबाट अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको हो। दसैं, तिहार र छठको अवसरमा काठमाडौंमा बस्ने लाखौं मानिस घर फर्किन्छन्।

काठमाडौंलाई कर्मथलो बनाउने अधिकांश मानिस विशेष पर्वको अवसरमा घर जाने गर्छन्। लाखौंको संख्यामा घर फर्किने सर्वसाधारणाको यात्रा सहज बनोस् भनेर सरकारले अग्रिम टिकट बुकिङ खुला गर्दै आएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ