धनगढी, १४ भदाै । सुदूरपश्चिम प्रदेशका भारतसँग जोडिएका चारवटा नाका कैलालीको त्रीनगर भन्सार, कञ्चनपुरको गड्डाचौकी भन्सार, बैतडीको जुलाघाट भन्सार र दार्चुलाको भन्सार नाकाको तथ्यांकअनुसार गत वर्ष आयातको चार प्रतिशत मात्रै निर्यात भएको छ ।
चारवटै भन्सार कार्यालयबाट २३ अर्ब ४८ करोडको आयात भएकोमा निर्यात ९३ करोड मात्रै छ । सुदूरपश्चिमका बैतडी र दार्चुलाका नाकाबाट त निर्यात शून्य छ । प्रदेशको सबैभन्दा ठूलो नाका कैलालीका त्रीनगरबाट २१ अर्ब ७८ करोडको आयात भएकोमा ८३ करोडको मात्रै निर्यात भएको छ ।
सुदूरपश्चिमको भारतसँग जोडिएको अर्को मुख्य नाका गड्डाचौकीबाट एक अर्ब १५ करोडको आयात गरिएकोमा १० करोड ६० लाखको मात्रै निर्यात भएको छ । बैतडीको जुलाघाट नाकाबाट ५५ करोडको आयात गरिएकोमा निर्यात भने शून्य छ । दार्चुला भन्सार कार्यालयबाट ७१ लाखको सामान आयात भएकोमा २२ लाखको निर्यात गरिएको छ ।