काठमाडौं, भदौ १३ ।
सरकारले कर नतिर्ने र राजश्व छल्नेलाई पनि कानुनी दायरामा ल्याउने अर्थमन्त्री डा. युवराज खतिवडाले दाबी गर्नुभएको छ ।
नेपालको अर्थतन्त्रका विद्यमान अवसर र चुनौती’ विषयमा आज नेपाल चेम्वर अफ कमर्शले काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री खतिवडाले बद्नियत तरिकाले कर छलेको र राजश्व चुहावट गरेको भए दण्डित गरिने बताउनु भएको हो ।
उहाले नागरिकबाट उठाएको करको दुरुपयोग गर्ने पनि दण्डको भागिदार हुने बताउनु भयो । अर्थमन्त्री खतिवडाले सरकारका संयन्त्रहरुबाट झन्झट र प्रशासनबाट अनावश्यक दुःख दिने काम भएको भए सरकारले सच्याउने बताउनु भएको छ ।
नेपाल चेम्वर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्योगी, ब्यापारीले ढुक्क भएर लगानी गर्ने अवस्था नरहेको बताउनु भएको छ । उहाले करले जनतामा नैरश्यता बढाएको पनि बताउनु भयो । कार्यक्रममा उद्योगी व्यवसायीहरुले सरकारले निजी क्षेत्रलाई निरुत्साहित गरेको भन्दै सरकारी नीति प्रष्ट पार्न अर्थमन्त्रीसँग आग्रह गरेका थिए ।