लाइफ इन्स्योरेन्स कर्पोरेशनद्वारा १३ अर्ब बढी खुद बीमा शुल्क संकलन

लाइफ इन्स्योरेन्स कर्पोरेशनद्वारा १३ अर्ब बढी खुद बीमा शुल्क संकलन

  • बुधबार, साउन २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

काठमाडाैं, २९ साउन । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्ममा १३ अर्ब ३४ करोड ७१ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा यो दुई अर्ब ९३ करोड ९८ लाख रुपैयाँले बढी हो ।

गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले १० अर्ब ४० करोड ७२ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।

यस अवधिमा इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्य आयबाट ३ अर्ब ९८ करोड ५३ लाख रुपैयाँ, पुर्नबीमा कमिशन वापत २ करोड ७८ लाख ५७ हजार र बीमालेख धितोमा ९ अर्ब ३५ करोड ४ लाख रुपैयाँ कर्जा लगानी गरेर ८८ करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा इन्स्योरेन्सको खुद नाफा २०.०४ प्रतिशतले सुधार भएर १६ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्षको यही अवधिमा १३ करोड ४५ लाखरुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी एक अर्ब ४९ करोड ४८ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ९३ करोड ७९ लाख रुपैयाँ, जीवन बीमा कोषमा ५४ अर्ब १ करोड ३० लाख रुपैयाँ र महा बिपत्ती कोषमा २३ करोड ६२ लाख रुपैयाँ सञ्चित छ ।

कूल १३ अर्ब ४१ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको इन्स्योरेन्सको ७ लाख ९४ हजार ४५१ बीमालेख कायम छ । यस अवधि सम्ममा इन्स्योरेन्सले १६ हजार ६५८ वटा दाबी वापत ३ अर्ब ३९ करोड ११ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १४ करोड ३३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १० रुपैयाँ ८१ पैसा, प्रतिशेयर नेटवर्थ १७८ रुपैयाँ ५१ पैसा र मूल्य आम्दानी अनुपात १४८.०७ गुणा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ