आई.एम.ई. लाइफ इन्स्योरेन्सद्धारा “२१ घातक रोग विरुद्ध रक्षावरण योजना” सार्वजनिक

आई.एम.ई. लाइफ इन्स्योरेन्सद्धारा “२१ घातक रोग विरुद्ध रक्षावरण योजना” सार्वजनिक

  • मङ्लबार, साउन २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौं, २१ साउन ।
आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले “२१ घातक रोग विरुद्ध रक्षावरण योजना” सार्वजनिक गरेको छ ।

प्रदेश नं. ५ को राजधानी बुटवलमा आयोजना भएको क्षेत्रिय तथा शाखा प्रबन्धक सम्मेलन को अवसरमा सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत कम्पनीका बीमितहरुले विभिन्न २१ घातक रोग विरुद्ध अधिकतम ५० लाख सम्मको आर्थिक सुरक्षा प्राप्त गर्न सक्नेछन । उक्त योजना सार्वजनिक भए सँगै कम्पनीका बीमितहरु आर्थिक अभावका कारण उपचार गर्नबाट बञ्चित नहुने कुरा कम्पनीले जनाएको छ ।
यस योजना सार्वजनिक हुनु अगावै बीमालेख लिइसकेका बीमितहरुले समेत यो योजनामा सहभागी हुन सक्ने व्यवस्था गरीएको छ ।
दावी भुक्तानी माग गर्दाको अवस्थामा स्वास्थ्य उपचारको रसिद पेश गर्नु पर्ने झन्झटबाट मुक्त हुने व्यवस्था रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री श्रीचन्द्र भट्टले जानकारी दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ