सबै आर्थिक गतिविधिलाई करको दायरामा ल्याउन अर्थमन्त्रीको निर्देशन

सबै आर्थिक गतिविधिलाई करको दायरामा ल्याउन अर्थमन्त्रीको निर्देशन

  • आइतवार, साउन १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौ, साउन १९ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले सबै आर्थिक क्रियाकलापहरुलाई करको दायरामा ल्याउन राजस्व अनुसन्धान विभागलाई निर्देशन दिनु भएको छ ।

अर्थमन्त्री खतिवडाले देशको विकास, निर्माण र सामाजिक सुरक्षाको कार्यक्रमलाई दीगो र प्रभावकारी बनाउन आवश्यक आर्थिक व्यवस्था गर्न सबै आर्थिक क्रियाकलापहरुलाई करको दायरामा ल्याउनैपर्नेमा जोड दिनुभयो ।

आजदेखि ललितपुरमा सुरु भएको व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै उहाँले सरकारले सबै क्षेत्रको आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याएर राजस्व संकलन गरी निजी क्षेत्र लगायत सबै नागरिकलाई सामाजिक सुरक्षा र देशको विकास, निर्माणको कामलाई तीव्रता दिने लक्ष्य लिएको दोर्होयाउनु भयो ।

उहाँले राजस्व संकलन तीन वर्षयता सन्तोष गर्ने ठाउँमा रहेपनि उत्साहजनक नरहेकाले सरकारले सबै आर्थिक गतिविधिलाई करको दायरामा ल्याउने कामलाई जोड दिएको स्पष्ट पार्नुभयो । उहाँले सरकारले स्वच्छ र पारदर्शी व्यवसाय चाहेको धारणा राख्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ