यस्तो छ डा.बाबुराम भट्टराईले प्रस्तुत गरेको आर्थिक क्रान्तिको मार्गचित्र

यस्तो छ डा.बाबुराम भट्टराईले प्रस्तुत गरेको आर्थिक क्रान्तिको मार्गचित्र

  • शनिबार, साउन १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

काठमाडौं, १८ साउन ।
पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले मुलुक सन् २०२२ सम्म विकासशील मुलुकमा, २०३० सम्म मध्यम आयस्तर र २०४० सम्म विश्वको स्तरमा पुर्याउन सम्भव भएको बताउनु भएको छ ।

त्यसको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली र भिजिनरी राजनीतिक नेतृत्व, संघियताको सफल कार्याँवयन, सबै क्षेत्र र जातीबीच सद्भाव र एकता आवश्यक रहेकोमा जोड दिनुभयो ।
यस्तै सबै क्षेत्रमा कडाइपूर्वक विधिको शासन, जनलोकपालको गठन र भ्रष्टाचारीलाई सर्वस्वसहित जन्मकैद, नेपालीहरुमा देशभक्तिको भावना र कडा श्रम सस्कृति र भारत र चीन दुबै छिमेकीको आर्थिक विकासको गतिसँग पदचाप मिलाउने दक्षता पनि अनिवार्य शर्त रहेको नेता भट्टराईको भनाई छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय ग्रामीण विकास केन्द्रीय विभागमा विद्यावारिधिको शोध (पीएचडी थेसिस) गरिरहेका विद्यार्थीलाई आज ’नेपालको अर्थ राजनीतिको दिशा’ शीर्षकमा ’लेक्चर’ दिदै उहाँले सो कुरा बताउनु भएको हो ।

भट्टराईको ’प्रिजेन्टेसन’ मा विकास र समृद्धिको अवधारणा, नेपालको उत्पादन प्रणालीको चारित्र, गाउँ सरहको विभेदीकरण, आर्थिक क्रान्तिको मार्गचित्र लगायतका विषयमा उहाँले विद्यार्थीलाई पढाउनुभएको थियो ।

[gview file=”https://mirmireonline.com/wp-content/uploads/2019/08/TU-presentation-pdf-final.pdf”]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ