भैरहवामा पुनर्निर्माण गरिएको पेट्रोल पम्पको उद्घाटन, अब तेल आपूर्तिमा समस्या आउँदैनः मन्त्री यादव

भैरहवामा पुनर्निर्माण गरिएको पेट्रोल पम्पको उद्घाटन, अब तेल आपूर्तिमा समस्या आउँदैनः मन्त्री यादव

  • शुक्रबार, साउन १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

भैरहवा, १७ साउन ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका प्रसाद यादवले पेट्रोलियम पदार्थको सहज ढंगले आपूर्ति भइरहेको जनाउँदै अब तेल आपूर्तिमा समस्या नआउने दाबी गर्नुभएको छ ।

नेपाल आयल निगमद्वारा भैरहवामा पुनर्निर्माण गरिएको पेट्रोल पम्पको उद्घाटन गर्दै मन्त्री यादवले सरकार गठनपछि केहिसमय आपूर्तिमा बाधा अड्चन आए पनि अब तेल आपूर्तिमा समस्या समस्या नहुने बताउनु भयो ।

कुनै कर्मचारीले पैसा मागे नदिन सुझाव दिदैँ उहाँले त्यस्ता हाकिम या कर्मचारी जो सुकै भएपनि घुस मागे तत्काल जानकारी गराउन आग्रह गर्नुभयो । मात्रिका यादव मन्त्रीपदबाट हटेपछि हाकिमले सताउँछन् भन्ने नसोच्न व्यवसायीहरुसँग उहाँको आग्रह थियो ।
मन्त्री पदबाट हटेपनि आफुलाई सांसदबाट कसैले हटाउन नसक्ने भन्दै निगममा भ्रष्टाचार हुन नदिने दाबी गर्नुभयो । मन्त्री यादवले आफु चाकडी गरेर मन्त्री नबनेकाले आफू बाधक भए मन्त्री पद त्याग्न तयार रहेको कुरा प्रधानमन्त्रीलाई समेत जानकारी गराईसकेको बताउनु भयो ।

आयल निगमको भ्रष्टाचारलाई निगममा आवद्ध कर्मचारी आफैंले ख्याल गर्न अनुरोध समेत गनुृभयो ।्

‘नेपाली जनताले विषादी खानुहुँदैन भन्ने निर्णय गर्नु अपराध हो ?’ भन्दै प्रश्न गर्नुभएका मन्त्री यादवले भन्नुभयो, ‘मन्त्रीले सबै कागज, ल्याब त हेर्न सक्दैन ।’ विषादीयुक्त खानेकुुरा खानु हुँदैन भन्ने ज्ञान सबैमा जगेको प्रति खुसी व्यक्त गदै मन्त्री यादवले जनताले गरेको विरोधलाई सकरात्मक रुपमा लिएको बताउनु भयो ।

अर्को प्रसंगमा उहाँले भन्नुभयो, ‘शान्ति बिना मुलुकमा सम्वृद्धि हुँदैन भन्ने उद्योगी व्यवसायीहरुले पनि आन्दोलन गर्छु भन्ने कुरा सुन्दा अचम्म लागेको छ । ट्रान्सपोर्ट व्यवसायी (ढुवानीकर्ता)को कांधमा बन्दुक राखेर आन्दोलन गर्न खोजेका छन् तर यसबारेमा सरकारले सोच्दै गरेको र छिटै देखिनेगरी काम गर्ने छ ।’

कार्यक्रममा बोल्दै प्रदेश ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले विगतमा सरकारले सञ्चालन गरेका उद्योगहरु धरासायी भए पनि अहिले बन्द भएको उद्योगहरु सञ्चालनमा ल्याउन सरकार लागिपरेको बताउनु भयो ।

त्यस्तै, प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले राष्ट्रियता बलियो बनाए मात्र मुलुक समृद्ध हुन सक्ने बताउनु भयो । सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले हरेक कुराको विरोध गर्नुको औचित्य नरहेको बताउनु भयो ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले समय परिवर्तन भएसंगै आयल निगम अझ व्यवस्थित हुँदै गएको बताउनुभयो ।

वि.सं. २०३७ साल देखि सञ्चालनमा आएको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ अञ्चलपुर स्थित नेपाल आयल निगमको पेट्रोल पम्प आयल निगमबाट प्रत्यक्ष रुपमा सञ्चालित पहिलो पेट्रोल पम्प हो ।
क्षमता वृद्धि गरी समय सापेक्ष आधुनिकरण गरिएको यो पेट्रोल पम्प सौर्य उर्जाबाट समेत सञ्चालन गर्ने व्यवस्था गरिएको निगमले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ