बेरुजु असुली गर्न सरकार प्रतिबद्ध छः अर्थमन्त्री खतिवडा

बेरुजु असुली गर्न सरकार प्रतिबद्ध छः अर्थमन्त्री खतिवडा

  • शुक्रबार, साउन १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाण्डौ १७ साउन ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बेरुजु असुल उपरका लागि सहज बनाउन आर्थिक गतिविधिको लेखा परीक्षणालाई छुट्टै ढंगले गरिदिन महालेखा परीक्षकको कार्यालयलाई आग्रह गर्नुभएको छ ।
बिहिवार संघीय संसदको अर्थ समितिमा ‘आर्थिक कार्य्विधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै खतिवडाले बेरुजु असुली गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनु भयो ।

महालेखा परीक्षकको कार्यालयले कार्य सम्पादनसम्बन्धी कुरालाई पनि आर्थिक गतिविधिको लेखा परीक्षणसँग मिसाउने गरेकाले बेरुजु असुलीमा समस्या परिरहेको अर्थमन्त्री खतिवडाको भनाइ छ ।

खतिवडाले संघ, प्रदेश र पालिकाको विनियोजित बजेटको खर्च प्रणालीलाई पारदर्शी बनाउन सरकार लागिपरेको बताउनु भयो ।

अर्थमन्त्री खतिवडाले त्यही कामको लागि कानुनी व्यवस्था गर्न सरकारले विधेयक संघीय संसदमा पुगेको पनि स्पष्ट पार्नुभयो । उहाँले विधेयकमा संघ, प्रदेश र स्थानीय तहको विनियोजित बजेट कार्यान्वयनका लागि जवाफदेही बनाउने प्रावधान पनि राखिएको स्पष्ट पार्नुभयो ।

विधेयकमा वित्तीय उत्तरदायित्व पूरा नगर्ने कुनै पनि निकायमाथि कडा कारबाही गर्ने व्यवस्था गरिएको अर्थमन्त्री खतिवडाको दावी छ । बैठकमा संशोधनकर्ता सांसदहरुले बेरुजु घटाउने गरी आवश्यक कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ