काठमाडौं टावरका ठेकेदार भेटुवालसहित ४ जनाविरुद्ध विदेशी मुद्रा अपचलनको मुद्दा

काठमाडौं टावरका ठेकेदार भेटुवालसहित ४ जनाविरुद्ध विदेशी मुद्रा अपचलनको मुद्दा

  • बुधबार, साउन १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

१५ साउन, काठमाडौं । राजश्व अनुसन्धान विभागले काठमाडौं टावरका ठेकेदार मनोज भेटुवालसहित ४ जनाविरुद्ध हुण्डि गरी विदेशी विनिमय अपचलनको मुद्धा दायर गरेको छ ।

विभागले बुधवार विज्ञप्ति जारी गरी भेटुवालसहित निशा गुरुङ, राजकुमार बिष्ट र शिव बिष्ट विरुद्ध ४ करोड ६० लाख ४२ हजार ८५० रुपैयाँ बराबरको बिगो दावी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।
उनीहरुविरुद्ध ३ वर्ष कैद र बरामद दशी समेत जफा गर्नुपर्ने रिटमा माग गरिएको छ । भेटुवाल खुलामञ्चमा अवैधानिक रुपमा सटर बनाएर विक्री गर्ने ठेकेदार हुन् ।

उनको कम्पनी जलेश्वर स्वच्छन्द बिकोइको शंकास्पद कारोबारलाई आधार मानेर विभागले गरेको अनुसन्धानमा ४ करोड ६० लाख भन्दा बढी रकम रकम हुण्डी गरी अवैध रुपमा नेपाल भित्र्याएको भेटिएको हो ।

यस्तो रकम नेपालमा भित्र्याउँदा राष्ट्र बैंकमार्फत प्रक्रिया पुरा गर्नुपर्ने भएपनि उक्त प्रक्रिया पुरा गरेका नपाईएको जनाईएको छ । विभागले यो रकम सिंगापुरमा विभिन्न व्यक्तिसँग लगानीका नाममा उठाएर टावरका लागि भित्र्याएको पुष्टी भएको बताएको छ ।

अभियुक्त राजकुमार बिष्ट निशा गुरुङको कर्मचारी भएको र उनीहरुको कम्पनीले आन्तरिक राजश्व कार्यालयमा शून्य कारोबारको हिसाव देखाएपनि विभिन्न समयमा कम्पनीमार्फत नै कारोबार गरेको भेटिएको विभागले जनाएको छ ।

पुरानो बसपार्कमा बन्ने भनिएको काठमाडौं टावर निर्माणका लागि भेटुवालले विभिन्न देशबाट रकम भित्र्याएको तथ्य यसअघि नै सार्वजनिक भएको थियो । तर,उनले हुण्डिमार्फत रकम भित्र्याएर टावरमा लगानी गरिरहेको पाइएको विभागले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ