काठमाडौं १५ साउन ।
परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले आर्थिक समृद्धिको लागि दिगो पर्यटन विकासमा जोड दिनुभएको छ ।
२३ औ गाउँ पर्यटन दिवस तथा गाउँ पर्यटन प्रर्वद्धन मञ्च नेपालको साधरणसभाको आज काठमाडौमा उद्घाटन गर्दै उहाले पर्यटन क्षेत्रको विकास बिना आर्थिक समृद्धि सम्भव नहुने बताउनु भएको हो ।
परराष्ट्रमन्त्री ज्ञवालीले पर्यटन क्षेत्रलाई ग्रामिणमुखी बनाउनु पर्नेमा जोड दिनुभएको छ । पछिल्लो समय नेपाल आउने पर्यटकको संख्या बढेको भन्दै उहाले सरकार नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन योजनाका साथ अगाडि बढेको जानकारी दिनुभयो ।
परराष्ट्रमन्त्री ज्ञवालीले नेपालमा राजनीतिक परिर्वतन भए पनि आर्थिक परिर्वतनका लागि योजना नबनेको भन्दै आर्थिक परिर्वतन नै अब सरकारको लक्ष्य रहेको स्पष्ट पार्नुएभएको छ । पर्यटन व्यवसायीहरुले भने पर्यटन क्षेत्रमा राजनीतिक हस्तक्षेप भएको गुनासो गरेका थिए ।